काठमाडौं। नेपालमा नयाँ भेरिएन्ट सहितको कोरोनाको दोस्रो लहर फैलिँरहँदा अष्ट्रेलियाले सहयोगको घोषणा गरेको छ। अष्ट्रेलिया सरकारले सहयोगको घोषणा गर्दै नेपाल सरकारलाई कोरोना नियन्त्रणका लागि ७० लाख डलर दिने घोषणा गरेको हो।

अष्ट्रेलियाको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि ७० लाख डलर प्रदान गर्ने जनाएको छ। विज्ञप्तिमा अष्ट्रेलिया सरकारले राष्ट्रसंघ र एनजीओमार्फत् नेपाललाई सहयोग गर्ने जनाएको हो।

कोरोना महामारीले प्रभावित पारेको देशहरूलाई सहयोग घोषणा गर्दै अष्ट्रेलियाले बंगलादेश र श्रीलंकालाई क्रमश: ५० र ५५ लाख डलर सहयोग गर्ने जनाएको छ।