तस्विर: अलजजिरा

काठमाडौं। इजरायल र प्यालेस्टिनी विद्रोही हमासबीच युद्धबिराम भएको छ। ११ दिन लामो संघर्ष अमेरिका, इजिप्ट, कतार र संयुक्त राष्ट्रसंघको पहलमा युद्धद्धबिरामका लागि सहमत भएका हुन्।

बिबिसिले जनाए अनुसार बिहीबार राति इजरायली मन्त्रिपरिषद्ले ‘आपसी समझदारी र बिनासर्त’ संघर्षविराम गर्न अनुमति दिएका थिए। त्यस्तै हमास समुहले शुक्रबार बिहान २ बजेदेखि युद्धबिराम लागू भएको जनाएको छ।

११ दिन लामो संघर्षमा प्यालेस्टिनी तर्फका करिब १ सय जना बालबालिका सहित कम्तीमा २ सय ३२ जना मारिएको बिबिसले जनाएको छ। त्यस्तै इजरायल तर्फ २ जना बालबालिकासहित १२ जनाको ज्यान गएको छ। त्यस्तै, हमास समुहले ४ हजार भन्दाबढी पटक इजरायल तर्फ रकेट प्रहार गरेको इजरायली सेनाले बताएको छ । इजरायली स ेनाले गाजाका महत्वपूर्ण भौतिक संरचना ध्वस्त हुने गरी हवाई आक्रम चलाएको थियो।