काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवन दीप’ नामक नयाँ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बुधबार उक्त आवधिक बीमा प्रोडक्ट सार्वजनिक गरेको हो ।
न्युन बीमा शुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नयाँ किसिमको जीवन बीमा योजनाले बृहद लाभ लिन सकिने कम्पनीको तर्क छ । यस प्रोडक्ट अन्तर्गत बीमितको प्राकृतिक रुपमा मृत्यु भएमा बीमाङ्क रकम, दुर्घटनाबाट मृत्यु भएमा करारमा उल्लेखित थप बीमाङ्क र दुर्घटनाबाट पूर्ण अंगभंग वा शारीरिक अशक्तता भएमा बीमालेखको अवधीसम्म बीमाशुल्क छुट र नियमित रुपमा मासिक आय सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो बीमा योजना १६ बर्ष देखि ६० बर्ष उमेर समूहका व्यक्तिहरुले ५ देखि २५ बर्ष सम्मको अवधीका लागि लिन पाउने ब्यवस्था गरिएको छ । यो व्यक्तिगत र संस्थागत दुवै किसिमले गर्न सकिने छ ।
‘जीवन दीप’ बीमा योजना बिशेषगरी कर्पोरेट, सहकारी, उद्योग प्रतिष्ठान, यातायात, संघ संस्था, कलेज, स्कुल, असंगठित क्षेत्र लगायतका ब्यक्तिहरुको लागि उपयोगी बीमा योजना रहेको सिईओ मनोज कुमार लाल कर्णले बताएका छन् ।

