सिन्धुली। घ्याङलेख गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले कोभिड १९ को महामारीको अवधिभर आफूले प्रयोग गर्दै आएको सवारी साधन सङ्क्रमितको उपचारार्थ ओसारपसार तथा एम्बुलेन्स सेवाको लागि प्रदान गर्ने निर्णय गरेका छन्।

शुक्रबार गाउँपालिकामा भिडियो कन्फ्रेन्स मार्फत अध्यक्ष र उपाध्यक्ष दुवै जनाले नयाँ भेरिएन्ट सहितको कोरोना सङ्क्रमण फैलिरहेको अवस्थामा गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स भएको र सार्वजनिक यातायातसमेत बन्द रहेको अवस्थामा सङ्क्रमित आम सर्वसाधारणले सास्ती भोग्नु नपरोस अस्पतालसम्म सहज पहुँच पुग्न सकोस भनेर जनताको सेवा र सुविधाको लागि प्रयोग गरिने र महामारीको अवधिभर आफूले प्रयोग नगर्ने र एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने प्रतिवद्धता व्यक्त गरेका छन्।