बुधबार नेप्से सूचक ९ अंकले बढेको छ । सूचक बढेपनि बुधबार कारोबार रकम भने घटेको छ।
कारोबारमा आएका ११९ वटा कम्पनीको शेयरमूल्य बढ्दा नेप्से परिसूचक ०।६१ प्रतिशत अर्थात ९।३७ अंकले बढेर १५५५।५२ अंकमा पुगेको छ भने सेन्सेटिभ सूचक ०।९५ अंकले मात्र बढेको छ।
यस दिन १९४ वटा कम्पनीको ५८ लाख ६२ हजार कित्ता शेयर १ अर्ब ७२ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। मंगलबार २ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम १ अर्बभन्दा धेरैले घटेको छ।
यस दिन कारोबारमा आएका १२ वटा उपसमुहमध्ये ११ वटा उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने होटल उपसमूहको सूचक नकारात्मक देखिएको छ। बुधबार हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढ्दा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै २।८ प्रतिशतले बढेको छ। त्यस्तै, फाइनान्स र विकास बैंक उपसमूहको सूचक पनि १ प्रतिशतभन्दा धरैले बढेको छ।

