सिन्धुली ।  सिन्धुलीको तिनपाटन गाउँपालिकाको वडा नं. २ को शाखामाडि पुलदेखि भिमस्थानको गैरिबजारसम्म निषेधाज्ञा जारी गरिएको छ । आज तीनपाटन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद सुवेदीले सुचना जारी गरेर निषेधाज्ञाको जानकारी  दिएका हुन् ।

 

तिनपाटन गाउँपालिकाको वडा नं.२ का विभिन्न स्थानका व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको र एकजनाको मृत्यु समेत भएकाले  निषेधाज्ञा जारी गरिएको सुचनामा जनाइएको छ। आज राति १२ बजेबाट लागू हुने गरी ७ दिनसम्म निषेधाज्ञा जारी गरिएको छ ।

 

शाखामाडिको पुलबाट भिमस्थान गैरिबजारको ५ सय मिटर क्षेत्रको आसपासमा आवातजावतमा रोक लगाईको हो। आवातजावतका लागि चँदाहा बगर प्रयोग गर्न आह्वान गरिएको छ । त्यस्तै गाउँपालिकाले अतिआवश्यक कामभन्दा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह समेत गरेको छ।  तिनपाटन गाउँपालिकाको लङ्गुर खोलामा कोरोना संक्रमित फेला परेपछि उक्त स्थानमा पनि लकडाउन लगाईको छ।