तीजको अवसर पारेर साहित्यकार तथा गितकार तारादेवी सुनुवारले आफ्नो नयाँ तीज गीत “रातो सारी” सार्वजनिक गर्नुभएको छ । समाजमा बढ्दै गएको विकृति, पारिवारिक विखण्डन, अस्वस्थ खानपान र गाउँघरप्रति बढेको वितृष्णालाई चिरेर घर, परिवार, आफन्त र समाजलाई एकताको सूत्रमा बाँध्ने सन्देश गीतले बोकेको सर्जक सुनुवारले बताउनु भयो । गीतमा शब्द रचना र स्वर तारादेवी सुनुवारकै रहेको छ भने उनलाई स्वरमा गायिका कल्पना सुनुवारले पनी साथ दिएकीछिन् ।
योगेश काजी शाहको संगीत तथा एरेञ्ज रहेको उक्त तिज गितको भिडियोमा लोकप्रिय कलाकार ममता मगरले अभिनयका साथै आकर्षक नृत्य प्रस्तुत गरेकीछिन । गीतले पछिल्ला समय तीज पर्वमा देखिएको भड्किलोपनलाई चिर्दै पारिवारिक एकता र सामाजिक सन्देश प्रवाह गर्ने प्रयास गरेको बताइएको छ । गीत तारादेवी सुनुवारकै युट्युब च्यानल æTara Sunuwar OfficialÆ बाट सार्वजनिक गरिएको छ । कल्पना सुनुवारको निर्देशन रहेको म्युजिक भिडियोमा माधब श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
यस गितका गायिका तथा सर्जक तारादेवी सुनुवारले यस अघी पनी थुप्रै गित, कथा, कविता संग्रह हरु प्रकाशन गर्नु भएको छ भने आफ्नै मातृभाषामा समेत गितहरु सार्वजनिक गर्नु भएको छ । उहाँको सुनुवार भाषाको गित “गे तेङा गो तेङा” निकै लोकप्रिय बन्दै गएको छ भन,े उहाँबाट लिखत निबन्ध संग्रह “युद्ध भुमिमा डामिएको मन” ले निकै चर्चा पाएको छ ।