काठमाडौं। काठमाडौं उपत्यकामा बैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ। उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।
तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमबार आदेश जारी गरी यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्ने जनाएका छन्।