फास्टफुड एसोसिएसन नेपालद्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान, क्यालेन्डर लोकार्पण तथा सरकारी निकायसँगको अन्तरक्रिया कार्यक्रम काठमाडौंको कोटेश्वरस्थित होटल ए-वन भेन्युमा सम्पन्न भएको छ ।

"फास्ट फ्यान अन्तरक्रिया, बैंकिङ सहजीकरण तथा आइटी सहजीकरण कार्यक्रम २०८१" नामक उक्त कार्यक्रममा व्यवसायीहरू, सरकारी निकायका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, पत्रकार, उद्यमी र अन्य सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता फास्टफुड एसोसिएसन नेपालका अध्यक्ष होमराज श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अथिती को रुपमा नेपाल सरकार गृहमन्त्रालय अन्तर्गत कसुरजन्य विभागका उपसचिव अमरदिप सुनुवारको उपस्थिति रहेको थियो ।

विशिष्ट अतिथिका रूपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र गोदार, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासनिक अधिकृत भोगेन्द्र श्रेष्ठ, कोटेश्वर प्रहरी इन्सपेक्टर दलकुमार राई, गोर्खा ब्रुअरी प्रा.लि. का सिनियर म्यानेजर रविन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा फास्टफुड व्यवसाय सञ्चालनका अवसर र चुनौतिहरूबारे विस्तृत अन्तरक्रिया गरिएको थियो। बैंक तथा आइटी क्षेत्रसँग सहकार्य गर्दै व्यवसायमा सहजीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको समन्वय महासचिव राकेश श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रमका केहि तस्वीरहरु यहाँ राखिएको छ ।