सिन्धुली। आज एक समाराेहका बीच स्थानीय वन उपभाेक्ता महासंघ नेपाल हरिहरपुरढी गाउँपरिषद्काे प्रथम भेला हरिहरपुरगढी गाउँपालिका वडा नं. -२, झनझनेमा सम्पन्न भएको छ। भिम बहादुर लामाकाे अध्यक्षता तथा प्रदेश महासंघका सदस्य तारादेव श्रेष्ठको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएकाे हो ।

भेलालाई सम्बाेधन गर्दै प्रदेश महासंघका सदस्य तारादेव श्रेष्ठले महासंघले अगाडि सारेकाे आन्दाेलनमा सक्रियतापुर्वक सहभागी हुन सबैलाई आग्रह गरेका छन्। भेलालाई विशिष्ट अतिथिका रूपमा सामुदायीक वन जिल्ला महासंघका अध्यक्ष हितलाल श्रेष्ठ, हरिहरपुरगढी गापा वडा नं ४ का अध्यक्ष कमल बहादुर राई लगायतले शुभकामना ब्यक्त गरेका थिए।

भेलाले केन्द्रले गरेकाे निर्णय अनुसार सामुदायिक वनकाे अधिकारलाई स्थापित गर्न सुरू गरेकाे आन्दाेलनका कार्यक्रममा सक्रियतापुर्वक सहभागी हुने निर्णय गरेकाे गाउँ परिषद्का सचिव भिम कुमारी आलेले जानकारी दिइन्। भेलामा हरिहरपुरगढी गाउँपालिका भित्रका ६३ वटा सामुदायिक वनका प्रतिनिधीहरूकाे सहभागीता रहेकाे थियाे।

सामुदायीक वन उपभाेक्ता महासंघले सरकारले वैज्ञानिक वन ब्यवस्थापन खारेजीसँगै दिगाे वन ब्यवस्थापनकाे कार्यक्रम अगाडि नसारेकाे, वैज्ञानिक वन ब्यवस्थापनकाे नाममा कटान गरिएकाे काठकाे निकासीकाे वेवास्ता गरी सामुदायिक वनकाे अधिकारकाे प्रयाेगमा राेक लगाएकाे लगायत विविध माग राख्दै आन्दाेलनमा जाने निर्णय गरेकाे छ। आन्दाेलनकाे कार्यक्रम अन्तर्गत देशैभर प्र.जि.अ.लाई ज्ञापन पत्र, बिराेध र धर्ना कार्यक्रम रहेकाे सामुदायिक वन जिल्ला महासंघ सिन्धुलीका सदस्य नवराज श्रेष्ठले जानकारी दिएका छन् ।