सांकेतिक तस्विर

रामेछाप। प्रहरीले रामेछापको मन्थली नगरपालिकाकी एक युवतीलाई बाईकमा लिफ्ट माग्ने बहाना गरेर पैसार चोरेको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा मन्थली नगरपालिका ६ स्थित मसानटारकी २१ वर्षीया लक्ष्मी माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

गत चैत ३१ गते साँझ सामान लिन मोटरसाइकलमा देबकोटाचोक हिँडेका एक व्यक्तीको मोटरसाइकलमा आएर बसी जबरजस्ती मलाई  पुर्‍याइदिनु भनेर बाइक चढ्ने झर्ने क्रममा मोटर साइकल चालकले लगाएको पाइन्टको बायाँतर्फको गोजीमा राखेको साँडे २३ हजार रुपैयाँ झिकेर हिडेको आशङ्कामा चेक जाँच गर्दा फेला परेपछि लक्ष्मीलाई पक्राउ गरिएको सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो।

रामेछाप प्रहरी हिरासतमा रहेकी माझीमाथि चोरी मुद्दामा थप अनुसन्धान भइरहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।