सिन्धुली उद्योग बाणिज्य संघको २९ र ३० औ साधारणसभा आज सिन्धुलीमाढिमा सम्पन्न भएको छ। सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अम्रेशचन्द्र बैदारको अध्यक्षता तथा नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बागमति प्रदेसका अध्यक्ष दिसुन्दर श्रेष्ठ,प्रमुख जिल्ला अधिकारि सुरेस न्यौपाने, प्रहरी प्रमुख गोबिन्द थपलिया, शशस्त्रका डिएसपि नारायण पौडेल लगाायत जिल्ला ब्यवसायीहरुको सक्रिय उपस्थिती रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अमरेस बैदारले सिन्धुली जिल्ल्लाका उद्योगी ब्यवसायीहरुको ब्यवसायीक हकहितका लागि संरक्षण र सम्बद्र्धन गरि स्थानीय आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा यस संघले विभिन्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो।

जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकाको सम्भावनलाई दृष्टिगत गरी यस क्षेत्रको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगाायत प्रत्यक्ष सरोकार राखने बिबिध पक्षलाई समेटेर बृहत जन सहभागिता सहित अन्तर्क्रियात्मक ढंगले अघि बढ्ने योजना अनुरुप बृहत सिन्धुली लगानी सम्मेलन आयोजनामा जोड दिनु भएको छ।

कार्यक्रममा उद्योग बाणिज्य संघलाई सहयोग गर्न ब्यवसायीहरु, संघसंस्थाहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ।