राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा उत्तम सिल्वाल र प्रमुख समाचारदातामा एकराज पाठकले जिम्मेवारी पाउनुभएको छ । पाठक यसअघि प्रधानसम्पादक र सिल्वाल प्रमुख समाचारदाताको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

रासस व्यवस्थापनले आजदेखि लागू हुने गरी उहाँहरुको जिम्मेवारी हेरफेर गरेको जनाइएको छ । उहाँहरुले आजै राससका समाचार महाशाखा प्रमुख एवं नायबमहाप्रबन्धक सोमनाथ लामिछाने, सञ्चालक समितिका सदस्य एवं आलेख सेवा प्रमुख कृष्ण अधिकारीसमेतको उपस्थितिमा आ–आफ्नो जिम्मेवारी एकार्कालाई हस्तान्तरण गर्नुभयो । 

राससको दसौँ तहमा कार्यरत सिल्वाल र पाठक दुवै विसं २०५६ साल फागुन १९ गते रासस सेवामा प्रवेश गर्नुभएको थियो ।