सुनुवार सेवा समाज कन्चना सुनुवार स्मृती कोषद्धारा स्वर्गीय कन्चना सुनुवारको ९ औं स्मृती सभा आयोजना गरिएको छ । सुनुवार सेवा समाज संघीय समिति अन्तरगत रहेको उक्त कोषले आज सुनुवार सेवा समाज संघीय समितिको कार्यालय कोटेश्वर, काठमाडौंमा आयोजना गरेको स्मृती सभामा एकजना अस्पतालमा उपचाररत बिरामी र एकजना कक्षा ११ मा अध्ययनरत अनाथ बिद्यार्थीलाई जम्मा रु ५५,०००/- (अक्षरुपी पच्पन्न हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

कोँइच सुनुवार समुदायका बिभिन्न असहाय, अशक्त बिरामी परेका ब्यक्तीहरुलाई कोषले प्रत्येक बर्ष प्रोत्साहन स्वरुप आर्थिक सहयोग गर्दै आईरहेको छ । बि.स. २०५१ साल फागुन १० गते दोलखा जिल्ला तामाकोशी गाँउपालिका वडा नं. ७ हाँबामा जन्मनु भई बि.स. २०७१ मंसिर २८ गतेका दिन दिवङ्गत हुनु भएका स्वर्गिय कन्चना सुनुवारको नाममा उहाँका पारिवारिक सदस्यहरुले सुनुवार सेवा समाज संघीय समिति मताहत रहने गरि संयुक्त रुपमा उक्त कोषको स्थापना गर्नु भएको थियो ।

सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष अमृत बहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुनुवार सेवा समाजका संस्थापक सदस्य तथा बर्तमान संघीय समितिका सल्लाहकार प्रेम बहादुर सुनुवार, कोषका संस्थापक सदस्य रुद्र सुनुवार लगायत स्वर्गीय कन्चना सुनुवारका परिवारजन, आफन्त, सुनुवार सेवा समाज संघीय समिति, बिभिन्न जिल्ला समिति नगर समितिहरुका पदाधिकारीहरु सहित बिभिन्न क्षेत्रका बिशिष्ट ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।

स्मृती सभामा स्वर्गिय कन्चना सुनुवारको तस्बिरमा माल्र्यापन गर्दै फुल अक्षता चढाउनुका साथै कोँइच सुनुवारहरुको परम्परागत बिधिबाट वहाँको आत्माको चिर शान्तिको कामना गर्दै पिदार समेत गरिएको थियो ।