हृदयघातका कारण  उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षको उमेरमा आज विहान निधन भएको छ । 

बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उहाँलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पु¥याइएको थियो । उहाँको उपचारका क्रममा विहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
    
उहाँका अनुसार न्यायाधीश मरासेनीकि छोरी पोखरामा हुनुभएको र उहाँ पोखराबाट काठमाडौँ आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।