काठमाडौं। साहित्यकार, सर्जक तथा लेखक तारादेवी सुनुवारले आफ्नो जन्म दिनको अवसर पारेर सुनुवार भाषाको गित फेनेरेल्फु रेल्षा :आ सार्वजनिक गरेकी छन् । बुधबार राजधानी स्थित एक कार्यक्रमबीच सुनुवारले आफ्नो मातृभाषाको गित फेनेरेल्फु रेल्षा :आ युट्युब मार्फत् सार्वजिनक गरेकी हुन् ।

उनको गित तारा सुनुवार युट्युव च्यानलमा हेर्न सकिन्छ । उक्त गितका लेखक तारादेवी सुनुवार आफै हुन् भने बृहसमान सुनुवारको डाइरेक्सन र कोरियोग्राफी रहेको छ । गितमा गायक पुस्कर सुनुवार र तारादेवी सुनुवारको आवाज सुन्न सकिन्छ ।  गितमा म्युजिक एरेन्ज पुस्कर सुनुवारको रहेको छ भने मिक्स मास्टरमा विपलव अधिकारी रहेका छन् । यस गितमा बृहसमान सुनुवार, अन्जु सुनुवार लगायतका कलाकारले अभिनय गरेका छन् । गितको भिडियो र ईडिटिङ मोहन सुनुवारले गरेका छन् । 

गित सार्वजनिकिकरण कार्यक्रममा सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवारले गर्नु भएको थियो । कार्यक्रममा नेपाली चलचित्र निर्देशक, लेखक तथा निर्माता प्रकाश सायमीकाे प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवारलगायतले राष्ट्रिय बाणिज्य बैङ्कको तह ९ मा पदोन्नती हुनु भएका फौद बहादुर सुनुवारलाई बधाई ज्ञापन गर्नु भएको थियो ।