चैत २२ गते, रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको अध्यक्ष पदमा दुई जना स्वतन्त्र सहित चार जनाले मनोनयन दर्ता गराएका छन् ।

यही चैत २५ गते हुन गइरहेको महासंघको आसन्न निर्वाचनको लागि सुमित श्रेष्ठ र नबिन केसीले स्वतन्त्रबाट अध्यक्षको उम्मेद्वारी दर्ता गराएका छन् भने र प्रेस चौतारी नेपालको तर्फबाट सौजन्य प्रसाद सत्याल, प्रेस युनियन र प्रेस संगठनको तर्फबाट बद्री नयाँघरेले उम्मेद्वारी दर्ता गराएका छन् ।

संघको उपाध्यक्ष पदमा प्रेस चौतारीको तर्फबाट युनिक बिफा घिसिङ र प्रेस युनियन र प्रेस संगठनका तर्फबाट कैलाश खत्रीको उम्मेद्वारी परेको छ ।

यस्तै संघको महिला उपाध्यक्षमा प्रेस चौतारीका तर्फबाट शान्ता श्रेष्ठ र प्रेस युनियन र प्रेस संगठनका तर्फबाट रिता मगर (घिमिरे) को उम्मेद्वारी परेको छ ।

सचिव पदमा प्रेस चौतारीका तर्फबाट नवराज श्रेष्ठ र प्रेस युनियन र प्रेससंगठनबाट तुल्शीदेवी श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् ।

सहसचिवमा प्रेस चौतारीबाट डोर बहादुर बरुवाल, प्रेस युनियन र प्रेस संगठनबाट रामचन्द्र विक, समावेश सहसचिवमा प्रेस चौतारीबाट दिपक तामाङ, प्रेस युनियन र प्रेससंगठनबाट शम्बर बहादुर हायुले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै कोषाध्यक्ष पदका लागि प्रेस चौतारीबाट लेख बहादुर विक, प्रेस युनियन र प्रेससंगठनबाट युवराज श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् ।

खुला ६ जना, महिला एकजना, दलित एकजना, जनजाति एकजना सदस्यका लागि प्रेस चौतारी नेपाल र प्रेस युनियन, प्रेस संगठन गठबन्धनले आ-आफ्नाको उम्मेद्वारी दर्ता गराएका छन् । राष्ट्रिय सभासदस्यमा प्रेस चौतारी नेपालबाट नवराज पथिक, प्रेस युनियन र प्रेससंगठन गठबन्धनबाट दीपक भट्ट, टिका प्रसाद भट्ट र हिमाल ढुंगेलले उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै प्रदेशसभा सदस्यमा प्रेस चौतारी नेपालबाट झम्क कडेंल, प्रज्वल पौडेल, प्रेस युनियन र प्रेस संगठन गठबन्धनबाट अप्रील अधिकारी, दीपक कुमार घिमिरे, मन्जु उप्रेती, सन्तोष ढुंगेल र उमङ्ग मैनालीको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।