उमानाथ शास्त्रि सिन्धुलीय साहित्यिक प्रतिष्ठानको ८औँ अधिवेसन तथा साधारणसभा आज सम्पन्न भएको छ ।

उमानाथ शास्त्रि सिन्धुलीय साहित्यिक प्रतिष्ठानका अध्यक्ष प्रज्वल कुमार सिन्धुलीयको अध्यक्षता तथा कमलमाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त प्रतिष्ठानका पुर्ब अध्यक्ष फाल्गुणि शर्मा लगायत जिल्लाका साहित्यिक सर्जकहरुको सक्रिय उपस्थिती रहेको थियो ।

उमानाथ शास्त्रि सिन्धुलीय साहित्यिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रम कमलामाई नगरपालिका ४ प्रतिष्ठान चोकको उक्त प्रतिष्ठानको भवनमै सम्पन्न भएको हो । उमानाथ शास्त्रि सिन्धुलीय साहित्यिक प्रतिष्ठान उमानाथ शास्त्रि सिन्धुलीय चिरपरिचित साहित्यकारको सम्झनामा २०५१ साल असारमा स्थापना गरिएको हो ।

प्रतिष्ठानको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहँदै उक्त प्रतिष्ठान कार्यसमितिका सदस्य केशव बहादुर फुयाँलले कुल आम्दानी २ लाख १२ हजार ६ सय ४६ र जम्मा खर्च १ लाख ८९ हजार ८ सय ७६ रहेको जानकारी दिनुभयो ।

कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीले प्रतिष्ठानलाई सहयोग गदैँ आएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने बताउनु भयो । साथै उहाँले प्रतिष्ठानले प्रदेशस्तरीय साहित्यिक कार्यक्रमको आयोगना गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उमानाथ शास्त्रि सिन्धुलीय साहित्यिक प्रतिष्ठानका पुर्ब अध्यक्ष फाल्गुणि शर्माले उक्त प्रतिष्ठानको भबन ब्यबस्थापन गर्नका लागि कमलामाई नगरपालिकालाई अनुरोध गर्नुभएको छ । प्रतिष्ठानबाट जिल्लालाई चिनाउनका लागि साहित्यिक कार्यक्रममा सक्रिय रहेको भन्दै अझ प्रोत्साहनको लागि सहयोग गर्नका लागि उहाँले अनुरोध गर्नुभएको हो ।

कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन उक्त प्रतिष्ठानका सचिव केदार देवकोटाले गर्नुभएको थियो । यसैबिच उमानाथ शास्त्रि सिन्धुलीय साहित्यिक प्रतिष्ठानको आजको अधिवेसनबाट पुन प्रज्वल सिन्धुलीयको अध्यक्षतामा १५ जनाको कार्यसमिति चयन भएको छ । त्यस्तै उपाध्यक्षमा टंकध्वज थापा, सचिवमा केशव फुयाँल, सहसचिवमा सिता सत्याल लगायत १५ जनाको कार्यसमिति चयन गरिएको जनाइएको छ ।