सिन्धुली। रेडक्रस सिन्धुली जिल्ला शाखाले मरिण गाउँपालिकाको दुईवटा स्वास्थचौकीको प्रसुति गृहलाई २ लाख ६८ हजारको सामग्री हस्तान्तरण गरेको छ। नेपाल रेडक्रस सोसाइटि सिन्धुलीशाखाका सभापति अशोक श्रेष्ठले मङ्गलबार सामग्री मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनलाई हस्तानतरण गर्नुभएको हो।

मरिण गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट र महादेबस्थान स्वास्थ्य चौकीलाई प्रसुति गराउनका लागि सहज हुने फोटो थेरापि सहित १९ प्रकारका प्रसुति सामग्री हस्तानतरण गरिएको सभापति श्रेष्ठले जानकारी दिनुभयो। उक्त स्थानका गर्भवतिहरुका लागि उक्त स्थानमै सुरक्षित प्रसुति गराउने उदेश्यले सामग्री हस्तानतरण गरिएको सभापति श्रेष्ठले बताउनु भयो।

नेपाल रेडक्रस सोसाइटि सिन्धुली शाखाको स्वास्थ्य कार्यक्रम अन्तर्गत सामग्री हस्तानतरण गरिएको हो । जिल्लामा आज सम्म २० वटा स्वास्थ्य चौकीमा प्रसुति सामग्री हसतान्तरण गरिसकोको सभापति श्रेष्ठले जानकारी दिनुभयो। भोली दुधौली नगरपालिकको दुधौली स्वास्थ्यचौकी र सिर्थौली स्वास्थ्यचौकीमा सामग्री हस्तानतरण गरिने छ। जिल्लाको २३ स्वास्थ्यचौकीलाई हस्तानतरण गरिने जनाइएको छ ।