सिन्धुली। तामाङ कथानक चलचित्र ख्लासि आनिउ (छोडेर नजाउ) को आज सिन्धुलीमाढिमा बिशेष प्रदर्शन तथा साँस्कृतिक समारोह सम्पन्न भएको छ। रोशि डिजिटल प्रालिको प्रस्तुतिमा अरुन घिसिङको ख्लासि आनिउ चलचित्रको आज सिन्धुलीमाढिमा प्रदर्शन गरिएको हो।

ख्लासि आनिउ चलचित्रका निर्देशक अरुन घिासिङको अध्यक्षता तथा नेपाली काङ्ग्रेस सिन्धुलीका सभापति उज्वल प्रसाद बराललको प्रमुख आतिथ्यतामा चलचित्रको प्रदर्शन गरिएको थियो। चलचित्र ख्लासि आनिउको कार्यकारी निर्माण सिन्धुलीकी इन्दिरा वाइबा रहनु भएको छ। वाइबाको यो पहिलो चलचित्र हो।

त्यस्तै चलचित्रमा सहायक नायक सिन्धुलीको प्रकाश वाइबा रहनु भएको छ। चलचित्रको कथा वस्तु लेखक तथा प्रमुख नायक क्रतु पाख्रिनले गर्नु भएको छ। नायक प्रखिनले चलचित्र तामाङ जातिहरुको सँस्कृतिमा ढुङ्गेयुगदेखि हालसम्मको कथाचित्र प्रस्तुत गरिएको बताउनु भयो। ख्लासि आनिउ चलचित्रको पहिलो प्रदर्शन गत वर्ष काठमाडौंमा गरिएको थियो। उक्त चलतित्रको यो दास्रो प्रदर्शन हो।