सिन्धुली। प्रथम उपमेयर कप किशोरी भलिबल प्रतियोगिता आज बाट सिन्धलीमाढिमा सुरु भएको छ। कमलामाई नगर खेलकुद विकास समितीका अध्यक्ष दिपेन्द्र फुयालको अध्यक्षता तथा कमलमाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यतामा प्रथम उपमेयर कप किशोरी भलिबल प्रतियोगिताको आज उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा कमलमाई नगरपालिकाका उपप्रमुख मन्जु देबकोटा, कमलमाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिशकशेन ढकाल लगायतको उपस्थिती रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै कमलमाई नगरपालिकाका नगर प्रमुख खत्रीले नगर पालिकाले आयोजना गरिरहेको खेलकुद प्रतियोगिता भोलीका दिनमा पनि निरन्तरता दिने बताउनु भयो। उहाँले नगर लाई खेलकुद बिकासका लागि चाहिने सहयोग सदैब गरिहने बताउनु भयो । साथै उपप्रमुख मन्जु देबकोटाले नगरमा किशोरिहरुलाई खेल क्षेत्रमा अगााडि बढ्नका लागि प्रोत्साहनका कार्यक्रम गरिने बताउनु भयो ।

उहाँले आगामी दिनमा नगरपालिकाका १४ वटै वडाका किशोरीहरूलाई खेलकुदमा सहभागिताका गराउने कार्य गराउने पनि बताउनु भयो । त्यस्तै कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र फुयालले १४ वटै वडाबाट खेलाडि छानेर नगरमा एउटा बलियो खेलाडि टिम बनाउने बताउनु भयो।

आज भएको उद्घाटन खेलमा १२ नं वडालाई १ नं वडाले सोझो सेटमा हराएको छ । त्यस्तै ६ नं वडालाई १० नं वडाले पनि सोझो सेटमा हराएको छ। प्रतियोगितामा ५ वटा वडाको सहभागिता रहेको छ। प्रतियोगितमा बिजेतालाई ५० हजार नगद,मेडल र प्रमाण पत्र, उपबिजेतालाई २५ हजार नगद, मेडल र प्रमाण पत्र प्रदान गरिने छ।

भोली पहिलो खेल बिहान ११ बजे ७ नं वडा र ६ नं वडाबीच प्रतिष्पर्धा हुनेछ। त्यस्तै दोस्रो खेल दिउँसो १ बजे १० नं वडा र १ नं वडाबीच हुनेछ । तेस्रो खेल ३ बजे हुने जनाइएको छ। खेल लिगचरणमा खेलाइएको छ ।