यस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा शाखा अधिकृत श्री मंगल बहादुर विष्टज्यू २०७८ साल चैत्र १० गते सिन्धुपाल्चोक जिल्ला प्रवेश गर्नु भयो । राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित भइसकेका एक युवा प्रमुख प्रशासकीय अधिकृतको रुपमा लिसंखु पाखर गाउँपालिकाले पाउनु आफैमा एक गर्वको कुरा थियो । गाउँपालिकामा पहिलो कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्ने क्रममा रहुन भए पनि सोभन्दा अगाडि समेत स्थानीय तहको राम्रो ज्ञान बटुलिसक्नु भएको विष्टबाट पालिकाले थुप्रै सपनाहरु देख्नु स्वाभाविक थियो । उहाँले यो सत्र महिने बसाईमा समग्र पालिकाको चौतर्फि विकास गर्दै एक उत्कृष्ट गाउँपालिका बनाउन सफल हुनुभएको छ ।

विष्ट प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहँदा एउटा राष्ट्रसेवकले कसरी मितव्ययीता र ईमान्दारिता प्रकट गर्न सक्छन् भन्ने गतिलो उदाहरण प्रस्तुत गर्दै सबैको लागि अनुकरणीय पात्र बन्न सफल हुनुभयो । हाल उहाँको गृह मन्त्रालयमा सरुवा भएको छ । उहाँबाट गाउँपालिकाको बृहत्तर विकासका लागि आफ्नो प्रयासमा सम्पादन केही उदाहरणीय कार्यहरु निम्न छन्:

- गाउँपालिकाको प्रशासकीय भवनको ठेक्का सम्झौता गरी निमार्ण कार्यको शुरुवात गरी स्थानीय पूर्वाधार विभाग सँग निरन्तर वार्ता र छलफल गरी बजेट विनियोजन गर्न लगाई करिव ५५ प्रतिशत भौतिक प्रगति हासिल गर्न सफल, वडा नं ३ र ५ को वडा कार्यालय वडा भवन निर्माण सम्पन्न गरी हस्तारण गरी सेवा प्रवाहलाई व्यवस्थित बनाएको,

- स्थानीय तह सदस्य निर्वाचन २०७९ र प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई मर्यादिति तरिकाले सम्पन्न गर्न सहजिकरण,

- लथालिङ अवस्थामा रहेको ककलिङ पेटकु सडकको निर्माण व्यावसायी लाई पटक पटक छलफल र जनप्रतिनिधीहरुको सहकार्यमा आ.व. २०७८/७९ भित्रै ककलिङ पेटकु सडकको कालोपत्रे सम्पन्न गर्न सफल,

- निर्माण व्यावसायीको चरम लापरवाहीका कारण सम्पन्न हुन नसकेका गौरवका आयोजनाहरुलाई विशेष प्राथमीकतामा राखि सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम म्याद सम्पन्न भएका ठेक्का जनप्रतिनिधीहरुको समन्वयमा रद्ध गरी पुन ठेक्का लगाई च्याउचीवेसी सिचाई आयोजनामा उल्लेखनीय भौतिक निर्माण कार्य भएको र जनप्रतिनिधीहरु सँग विशेष अनुरोध गरी प्रदेश समपुरकका लागि निर्णय गराई १ करोड २२ लाख यस आवमा विनियोजन गराई आवको सुरुवातमै ठेक्का आव्हान गराएको यसपालिको बजेटबाट च्याउचीवेसीमा सिचाई कुलो पुग्नेमा विश्वास लिएको छु,

- अघिल्लो ५ वर्षमा जनप्रतिनिधीहरुले सम्पादित गरेका कामहरुलाइृ जनमास सम्म पुगाउन लिसंखु पाखर दर्पण पूस्तक प्रकाशन गरी गाउँपालिकाको विकासको खाका तयार गरेको,

- प्रदेश सुशासन केन्द्र वागमती प्रदेश संग समन्वय गरी सुशासन केन्द्रको आर्थिक सहयोगमा गाउँपालिकाको ५ वर्षे रणनीतिक आवधिक योजना निर्माण गरी गाउँपालिकाको आगामी ५ वर्ष विकासको रणनीतिक योजनाको खाका तयार गर्न सहजीकरण गरेको,

- गाउँपालिकाको समग्र वस्तुस्थिती झल्किने गरी गाउँपालिकाको वास्तविक माग र आवश्यकता पहिचान गराउन गाउँपालिकाको डिजिटल वस्तुगत विवरण ( पाश्र्वचित्र) तयार गरी सार्वजनिक गरेको,

- गाउँपालिकाको कुनै पनि रकम खर्च नगरी विना लगानीमा आर्थिक प्रशासन शाखाको क्रियाशिलतामा र अन्य शाखाको समन्वयमा गाउँपालिकाको मध्यमकालिन खर्च संरचना तयार गरेको,

- गाउँपालिकाको कुनै पनि रकम खर्च नगरी गाउँपालिकाका ऐन नियम नियमावली कार्यविधि तथा निर्देशिका लगायतका २४ वटा कानुनहरु बनाई विधायन समितिलाई क्रियाशिल बनाई वृहत छलफल गरी कार्यापालिकामा पेश गर्ने परिपाटी बसालेको,

- शुन्य वेरुजु गराउने गरी कार्यान्वय नीति लिईएकोमा गाउँपालिकाको विधायन समितिलाई क्रियाशिल बनाई आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ र लेखापरिक्षण ऐन २०७५ बमोजिम वेरुजुको वृहत छलफल गराई वेरुजु समपरिक्षण गराउने कार्यको सुरुवात गरी गत आ.व.मा करिव २ करोड वेरुजु रकम लगत कट्टा गरी वित्तीय सुशासन र गाउँपालिकाको अध्यावधिक वेरुजुलाई न्युन गर्ने नीति अनुशरण गरेको,

- गाउँपालिकाको कार्यालयमा स्तनपान कक्षको स्थापना गरेको,

- सुशासन व्यवस्थापन तथा संचालन ऐन २०६४ र नियमावली २०६५ र सुचनाको हक सम्बन्धि ऐन २०६४ र नियमावलीमा व्यवस्था भए बमोजिम कार्यालयमा पहिलोपटक कार्यालयको प्रवक्ता र गुनासो सुन्ने अधिकारी नियुक्ति गरी कार्यालय र सेवाग्राही विचको सम्बन्ध स्थापित गर्न पहल गरेको,

- सुशासनमैत्रि गाउँपालिका स्थापित गराउने उद्देश्यले आन्तरिक नियन्त्रण प्रणाली कार्यविधि बनाई समग्र गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली चुस्त र दुरुस्त बनाएको,

- गाउँपालिकाको उत्पादन लाई बजारीकरण गर्न उद्योग मन्त्रालयको साझेदारीमा सिक्रेमा औद्योगिक ग्रामको निर्माण कार्यलाई तिव्रताका साथ अगाडी बढाउन अग्रसर भएको,

- काठ तथा बन पैदावर निकासीलाई नियन्त्रण गरी आन्तरिक राजश्व सँग जोडन डिभिजन बन कार्यालय र सुरक्षा निकाय संगको सहकार्यमा काठ निकासीलाई व्यस्थिीत बनाई आन्तरिक राजश्व अभिवृद्धिमा जोड दिईएको,

- आ.व. २०७८/७९ मा २६ लाख राजश्व अभिवृद्धि भएकोमा आ.व.२०७९/८० मा करिब ८२ लाख रुपैयाँ आन्तरिक राजस्व उठाउन सफल भएको,

- सबैभन्दा बढी कर तिर्ने व्यक्ती, वडा र वडा सचिवलाई सम्मान गर्ने कार्यको सुरुवात गरेको,

- राजस्व कार्ययोजना तयार गरी आन्तरिक राजस्व बढाउने उद्देश्यले करको दायराको खाजी गरी जनप्रतिनिधीहरुलाई कन्भिन्स गराइ यसै आवबाट गर्ने गरी सम्पति कर लगाउने कार्यको सुरुवात गरेको यस महान कायृका लागि जनप्रतिनिधीहरुलाई हार्दिक धन्यवाद समेत व्यक्त गर्दछु । साथै राजस्व परामर्श समितिलाई क्रियाशिल बनाउन प्ररित गरेको,

- डिजिटल माध्यमबाट सेवा प्रवाह गराउने उद्देश्यले नेपाल दुर सञ्चार प्राधिकरण संग समन्वय गरी गापा कार्यालय वडा कार्यालय स्वास्थ्य सँस्था र सामुदायिक विद्यालयहरुमा फाईवर ईन्टरनेटको जडान गरी विद्युतीय सुशासनलाई कायम गराउन पहल गरेको,

- विद्यालयका शिक्षक तथा कर्मचारी तथा अन्य सामुदायिक तथा सार्वजनिक कार्यालयका कर्मचारीको नियमिततालाई प्रभावकारी बनाउन माध्यमिक सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा समेत मुहार सहितको ई हाजिरी जडान गरेको,

- सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित, मितव्ययी, पारदर्शि र कम खर्चिलो बनाउन वार्षिक खरिद योजना तयार गरी विदुतिय प्रतिस्पर्धा बाट ई टेन्डर प्रक्रियामा लाने प्रयासको थालनी गरेको,

- वडा कार्यालयको सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सिफारिस कयातधबचभ निर्माण गरी सेवा प्रवाहलाई नागरिकमैत्रि र त्रुटि रहित बनाउने प्रयास गरेको,

- गाउँपालिकामा सेवा लिन आउने नागरिकहरुको काममा सहजिकरणको लागि २०७९ बैशाख देखी नागरिक सहायता कक्ष स्थापना र सञ्चालन गरेको,

- गाउँ कार्यपालिकाको कार्यलयमा विभिन्न शाखाहरुको कोठा नम्बर सहित शाखाको नामाकरण,

- कर्मचारिलाई नियमित जनताको सेवामा तल्लिन हुनको लागि आ।व। २०७९/८० देखि विधुतिय हाजिरी निर्देशिका २०७९ जारी गराई कार्यन्वयन मार्फत व्यवस्थित वनाइएको,

- राज्श्व संकलनमा पारदर्शिता र राज्श्ब चुहावट नियन्त्रण गर्ने कार्यपालिकाको कार्यलयमा र वडा कार्यलयमा Online System बाट राज्श्व संकलन गर्ने कार्यको थालनी गरेको,

- योजना सम्झैता र भुक्तानी प्रक्रिया लाई सरलिकरण गर्न उपभोक्ता समितिको कामलाई सहजिकरण गर्न योजना संचालन पुस्तिका निर्माण र कार्यान्वयन वडामै गई योजना सम्झैता गर्ने कार्यको सुरुवात,

- गा.पा.मा रहेका अभिलेखिकरण नगरिएका विभिन्न जिन्सि सामाग्रीहरुको एकिकृत अभिलेखिकरण गरि PAMS सम्बन्धी व्यवस्थापनको Software प्रयोग गरी प्रत्येक जिन्सी सामाग्रीहरुमा जिन्सी खाता नम्वर लेखाउने कार्य गरी जिन्सी व्यवस्थापनलाई दिर्गकालिन र पारदर्शि बनाइएको,

- नियमित रुपमा मासिक समीक्षा र स्टाफ वैठक संचालन कार्यको शुरुवात,

- नागरिकलाई विना अवरोध सेवा प्रवाह उपलब्ध गराउनको लागि सबै वडा कार्यलयमा तथा वडा स्वास्थ संस्थामा पावर व्याकप र डिजिटल सेवाको, आवश्यक प्रबन्ध मिलाइएको,

- नागरिकको हातहातमा सुचना पुर्याउन र सुचनाको हकको प्रत्याभूर्ति गराउन विभिन्न सुचना तथा जानकारीको लागि गाउपालिकाको सामाझिक सञ्जाल र वेवसाइटको नियमित अध्यावधिक र सुचना सम्प्रेषण,

- लिसंखु पाखरको स्थानिय पाठ्य्क्रमको निर्माण गरी लागु गरीएको,

- कुनैपनि सेवा प्रदायकहरु र परामर्शदाताहरु प्रयोय नगरी मितव्यायि कायम गर्दै विभिन्न ऐन, नियम, र कार्याविधि निर्माण (कुनै रकम खर्च नगरी निर्माण गरिएको)

- सबै शाखाहरुमा CCTV जडान गरी सेवा प्रवाहको नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको,

- सूचनाको हकको स्वतः प्रकाशनको नियमित प्रकाशन कार्यको थालनी,

- शुन्य वेरुजु गराउने गरी कार्यसम्पादन गर्दै वेरुजु फर्चैट प्राथमिकतामा राखि कार्य गरेको,

- स्वास्थ्य मन्त्रालय संग निरन्नतर अनुरोध गरी ५ शैयाको डाडापाखर अस्पतालको भौतिक निर्माण कार्य सम्पन्न गरी जिल्लामै सबैभन्दा पहिलो भवन निर्माण कार्य सम्पन्न गर्न सफल र अस्पताल सञ्चालन गर्न आवश्यक पुर्व तयारी व्यवस्थापन गरीएको र उक्त अस्पताल चालु आ.व.मा सञ्चालन हनेछ,

- टोलटोलमा गई जेष्ठ नागरिकलाई सम्मान गरी जेष्ठ नागरिकसंग गाउपालिका कार्यक्रम संचालन,

- कृषकहरुलाई उत्प्रेरित गर्न कृषकसंग प्राविधिक कार्यक्रम संचालन गरी किसान सुचिकरण गरेको

- कार्यपालिकाको वैठकमा कार्यलयवाट सम्पादन भएका विभिन्न कार्यहरु र प्रगति विवरणहरु वारे छलफल तथा जानकारी गराउने शुरुवात,

- शाखा प्रमुख, वडा सचिव र स्वास्थ संस्थाका इन्चार्जहरुलाइ कार्य संचालन निर्देशिका तर्जुमा गरि मासिक संचार शुल्क उपलब्ध गराइ नागरिकको गुनासो, चासो सम्बोधन गर्ने उचित व्यवस्था मिलाइएको,

- समय समयमा सेवाग्राही सन्तुस्टी सर्भेक्षण गराइ कार्यालयको सेवा प्रवाहलाइ नागरिकमैत्री बनाउन पहल गरेको,

- 2078 चैत्र 10 गते देखि हालसम्म 1 बर्ष ५ महिना सम्म कार्यरत रहदाँ अत्यावशक काममा मात्र विदामा वसि कार्यालय समयका अतिरिक्त समयमा समेत अटुट रुपमा सेवा प्रवाहमा खटिएको,

- नियमित रुपमा चौमासिक समिक्षा कार्यक्रम संचालन गरेको,

- कार्यलयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरि सांगठनिक तथा प्रशासनिक चुस्तता कायम गरेको,

- गाउँपालिकाको नयाँ लेटर प्याड स्थापना गरी सेवा प्रवाहलाई व्यवस्थित बनाईएको,

- पर्यटन मार्फत गापाको आन्तरिक आय अभिवृद्धि गर्ने अभिप्रायले गाउँपालिकालाई आन्तरिक पर्यटन सँग जोडन र पालिकामा आन्तरिक पर्यटन भित्राउ ककलिङ चुलिडाडाँ, मुडे, निगाले, नौमुहान, ताङजो माहांकाल धार्मिक स्थल, सिक्रे, बुदबुले लिसंखु, वाफल हुँदै सुकुटेसम्म सात दिने आन्त्रिक पर्यटन मार्ग तथा TOURISM DESTINATION ROUTE पहिचान गरि गाउँपालिकाको पर्यटकीय सम्भावना पत्ता लगाएको,

- गाउँपालिकाको वडा नं ७ मा चुलिडाडाँ पाल्पेश्वरीमा जिप लाईन चल्न सक्ने सम्भावना पत्ता लगाई चालु आथिृक वर्षमा त्यसको औपचारिक वास्तविक सम्भाव्यता अध्ययनका लागि बजेट व्यवस्थापन समेत गरेको,

- पालिकामा र वडा कार्यालयमा आउने नागरिकलाई सेवा प्रवाहमा सहजता र सेवाको बारे जानकारी गराउने उद्देश्यले पालिका र सबै वडा कार्यालयमा नागरिक वडापत्र राखेको र गाउँपालिका कार्यालयमा डिजिटल वोर्डको व्यवस्थापन समेत गरेको,

- कार्यालयमा आउने सेवाग्राही तथा नागरिकहरुको गुनासो सम्बोधन गनृ पहिलोपटक गुनासो सुनुवाई अधिकारी तोकी गुनासो व्यवस्थापनको अभ्यासको थालनी गरेको,

- प्रदेश लोक सेवा आयोगमा रिक्त दरबन्दी माग गरी स्वास्थ्य सेवा तर्फ दरबन्दी पूर्ण गरएको,

- उत्पादन र रोजगारी सिर्जना गर्न गाउँपालिकामा सम्भाव्य लगानीकर्ताहरुलाई आर्कषण गर्न लगानी सम्मेलन तयारीको अध्ययन अनुसन्धान सम्भाव्यात अध्ययन तथा अवधारण पत्र तयार गरेको र चालु आ.व.मा लगानी सम्मेलनको आयोजना हुनेछ यसको लागि भिजनकर्ता आदरणीय अध्यक्षज्यूलाई हार्दिक आभार व्यक्त गर्दछु,

- समग्र पालिकाको शैक्षिक गुणस्तर कायम गर्न पालिकाको शैक्षिक योजना निर्माणको मस्यौदा तयारी गरेको,

- शिक्षक सेवा आयोगबाट बैकल्पिक परेका उम्मेदवारहरुलाई अवसर दिने गरी सार्वजनिक सुचना जारी गरी प्रतिस्पर्धा बाट सक्षम र योग्यले मात्र जागिर खान सकिन्छ भन्ने भनाईलाई अनुशरण गरी शिक्षक नियुक्तिमा नयाँ अभ्यासको थालनी गरेको,

- गाउँपालिकाको भावी दिनमा उत्पन हुन सक्ने फोहरमैलाको समस्यालाइृ समाधान गर्न वडा नं ४ स्थित ताम्चेमा फोहोर मैला व्यवस्थापन केन्द्रको सम्भावना अध्ययन गरी त्यसको विस्तृत अध्ययन गर्न जनप्रतिनिधीज्यूहरुलाई राय पेश गरेको,

- असारे विकासको प्रक्रियालाई निराकरण गर्न र योजना कार्यान्वयनमा थप गुणस्तरीयता र दिगोपना गराउने उद्देश्यले जनप्रतिनिधी ज्युहरुसँग सल्लाह र सहजिकरण गरी कार्यपालिकाबाट निर्णय गराई फाल्गुन मसान्तमै योजना सम्झौता गर्ने र जेठ मसान्त भित्रै भुक्तानी गरि सक्ने अभियानको थालनी गरेको,

- कर्मचारी तथा शिक्षकलाइृ नियमित गराउन उद्देश्यले सवै स्वास्थ्य संस्था र विद्यालयहरुमा मुहार सहितको विद्युतीय ई-हाजिरी जडान सूचारु गरेको,

- गाउँपालिकाको कार्यालय क्षेत्र भित्र फ्रि-वाईफाईको व्यवस्था गरिएको,

- सबै वडा तथा बस्तीहरुमा पुगेर श्रमको सम्मान, राष्ट्रिय अभियान कार्यक्रम संचालन गरी अर्को आ.व. २०८०/८१ को लागि बेरोजगार आवेदन संकलन गरि मन्त्रालयको कथकतझ मा प्रविष्ट गरेको,

- असारे विकास प्रक्रियालाई निरुत्साहित गर्न कार्यापालिकाबाट निर्णय गराई फाल्गुन मसान्त भित्रै सबै योजनाहरूको सम्झौता गरिएको र जेठ मसान्त भित्रै कार्यसम्पन्न गरी भुक्तानी समेत गरेको र समयमै भुक्तानी गरी एकीकृत आर्थिक विवरण बुझाउने पहिलो पालिका भएको कोलेनिकाबाट जानकारी तथा धन्यवाद प्राप्त गरेको,

- काम नगर्ने ठेकेदारसँगको सम्झौता रद्ध गर्ने र गुणस्तरीयकामलाई प्रोत्साहित र राम्रो काम गर्ने र समयमै कार्य सम्पन्न गर्ने उपभोक्ता समितिलाई गाउँसभाबाट सम्मान र कर्मचारीहरुलाइृ काम प्रति थप उत्प्रेति गर्न गाउँसभाबाट उत्कृष्ट कर्मचारी र वडा प्राविधिक तथा वडा अध्यक्षलाई सम्मान तथा प्रशंसा गरी नया भाइचाराको सम्बन्ध र नया अभ्यासको थालनी गरेको,

- आगामी आर्थिक वर्षहरूमा आर्थिक दायित्व नपर्ने गरी कार्य सम्पादन गर्ने गरेका,

- गाउँपालिकामा रहेका सहकारीहरुलाई नियमित र व्यवस्थित गर्न नेपाल केन्द्रिय सहकारी संगठन नेप्स्कुन बानेश्वर सँगको लागत साझेदारीमा आधारशिला कार्यक्रम संचालन गरी गाउँपालिकामा रहेका सहकारी सँस्थाहरुलाई क्रियाशिल बनाउन प्रयास गरेको,

- गाउँपालिकामै पहिलोपटक "ख" वर्गको नयाँ एम्बुलेन्स संचालनमा ल्याई गाउँपालिकाका नागरिकलाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराएको,

- गाउँपालिकामै पहिलोपटक EFT प्रणाली मार्फत भुक्तानी प्रक्रिया सुरुवात गरी डिजिटल माध्यमबाट सेवा प्रवाह गरी नागरिकलाई सेवामा सहजता बनाई कर्मचारी र सेवाग्राही विचको सम्पर्क बिनै भुक्तानी हुने वातावरण सिर्जना गरेको,

- राजश्व अधिकारमा स्थानीय तहलाई बलियो र संविधानमैत्रि बनाउन पहिलोपटक सम्पति कर लगाउनका लागि राजश्व परामर्श समितिलाई राय सुझाव पेश गरी चालु आ.व.को आर्थिक ऐनमा समेत सम्पति करलाई समावेश गरेको,

- देशव्यापी बहुचर्चित मुडेको आलु ब्राण्डिङ गर्नका लागि विशेष पहल गरि अध्यक्षज्युसँग समन्वय गरि सभामार्फत बजेट व्यवस्थापन गर्न अनुरोध गरेको र चालु आ.व.मा उक्त कार्यको सुरुवात हुनेमा विश्वस्त गरिएको छ,

- राजश्स संकलन लाई सुत्रमा आधिरत बनाएको र वडा कार्यालयमा सिफारिस software, योजना software लागु गरी सेवा ग्राही लाई सेवा लिन सहज बनाएको, साथै सेवा प्रवाहलाई छिटो, छरितो, जनमुखि, जनउत्तरदायी, सूचना तथा सञ्चार प्रविधिमा आधारित र डिविटल माध्यमद्धारा व्यवस्थित, सरल र सहज बनाउन भरपुर प्रयास गरेको,

- तरकारी व्यवसायिक कार्यक्रम,आलु पकेट विकास कार्यक्रम, उत्पादनमा आधारित स्थानीय कृषि कार्यक्रम, फलफुल दशक कार्यक्रम, पशु मिसन कार्यक्रम लगायतका विशेष कार्यक्रम सफल कार्यान्वयन मार्फत उत्पादन, रोजगारी सिर्जना र गरिवि न्युनिकरण जस्ता दिगो विकासका लक्ष्यहरु सित साक्षताकार गरेको,

- बालमैत्री स्थानीय शासन घोषणा गर्न प्रारम्भिक रुपमा सबै वडामा बालमैत्रि स्थानीय शासन वडा समिति गठन गरी क्रियाशिल बनाउन पहल गरेको,

- राज्यका हरेक विषयमा लक्षित वर्गको अर्थपर्ण सहभागिता सुनिश्चत र्गा अपाङ्ग विउ पुजि अनुदान कोष स्थापना, बालबालिका अक्षय कोष स्थापना, महिला सञ्जाल गठन, एकल महिला सम्मान कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रमहरुको शुरुवात गरेको,

- बिना लगानी आन्तरिक नियन्त्रण कार्यविधि बनाई कार्यालयको आन्तरिक नियन्त्रण प्रणालीलाई कार्यान्वयनमा ल्याई सबै शाखाहरुलाई जिम्मेवारीपूर्ण बनाइएको,

- स्थानीय तहको संस्थागत स्व:मुल्याकङ्न LISA मा ७२.७५ अंक सहित अहिलेसम्मकै सबैभन्दा बढी नतिजा हासिल गरेको र पहिलोपटक वित्तिय सुशासन जोखिम मूल्याङ्कन समेत गरी ५९ अंक प्राप्त गरेको,

- नारगाँउ सिचाई, नारगाउँ खानेपानी, लकुई बर्गाङ खानेपानीजस्ता धेरै खानेपानी र सिचाई आयोजना सफल कार्यान्वयन गरी गाउँपालिकाको खानेपानी समस्यालाई सम्बोधन गरेको,

- भवन मापदण्ड तथा आचारसंहिता सम्बन्धी मापदण्ड बनाई नकसा पास गराएर मात्र घर बनाउनु पर्ने कायृको शुरुवात र घर नक्सा अभिलेखिकरण कार्यको सुरुवात गरी हाल सम्म २७ जना सेवाग्राहिहरु अभिलेखिकरण गराउन सफल,

- वडा नं ५ र ३को वडा भवन, गा.पा.को प्रिफ्याक भवन, डाँडापाखर अस्पताल भवन, रमा मावि भवन, लिसंखु स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरी पुर्वाधार विकास, मानव विकास, सामाजिक विकास, आर्थिक विकास, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन लगायतका क्षेत्रमा थुप्रै कार्यहरुको शुरुवात गरी लिसंखु पाखर गाउँपालिकाको विकास र समृद्धिमा समेत ईटा थप्ने काम भएको,

- गा.पा.को प्रिफ्याक भवन निर्माण सम्पन्न गरी सभाहलमा रहेका शाखाहरुलाई एउटै छानामुनि राखि एउटे स्थानबाट सेवा प्रवाह गरी नागरिकलाई सहज सेवा उपलब्ध,

- पुर्वाधार निर्माणको गुणस्थीयताको लागि नियमित अनुगमन तथा निरिक्षण,

- नियमित रुपमा वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरुको स्थलगत सुपरिवेक्षण, अनुगमन तथा निरिक्षण,

- कार्यपालिकाको बैठकको निर्णयहरु बेवसाईट र ई बुलेटिनमा प्रकाशन गर्ने कायृको शुरुवात,

- जनता राजनीतिक दल जनप्रतिनिधी कर्मचारी बिच समन्वय र सहकार्य गरी गाउँपालिकाको बृहत्तर हितको लागि कटिवद्ध र प्रतिवद्ध भएर शुन्य जनगुनासोको स्थितिमा कार्य सम्पादन गरेको ।

स्थानीयत तहको संस्थागत सुशासन कायम गरी समग्र पालिकाको विकासमा जोड दिने प्रमुख प्रशासकीय अधिकृत विष्टको सरुवा हुनु पालिकाको लागि राम्रो नभएपनि निजामती सेवाको प्रक्रिया रहेको हुँदा यसलाई अङ्गिकार गर्नुपर्ने हुन्छ । पालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतज्यूबाट समेत यस्तै उदाहरणीय कामको अपेक्षा राख्दै उर्जाशील युवा शाखा अधिकृत श्री मंगल बहादुर विष्टज्यूलाई आगमी जागिरे जीवनमा सफलताको कामना गर्दछौँ ।

(प्रमुख प्रशासकीय अधिकृत विष्ट नेपाल सरकारका शाखा अधिकृत हुन्)