कमलामाई नगरपालिकाको २४ औँ स्थापना दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ। यही चैत १४ गते कमलमाई नगरपालिकाको स्थापनाको अवसरमा नगरपालिकाले आयोजना गरेको खेलकुद प्रतियोगिताको आज नगर उपप्रमुख मन्जु देबकोटाले उद्घाटन गर्नु भएको हो।

खेलकुद प्रतियोगितामा कमलमाई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारिको सहभागिता रहने जनाइएको छ। प्रतियोगितामा ब्याटमिन्टन,भलिबल र म्युजिकल चियर खेल हुनेछ। २४ औँ स्थापना दिवसको अवसरमा अमायोजना गरिएको खेलकुद प्रतियोगिताको उद्घाटन गर्नु हुँदै कमलामाई नगरपालिकाका नगर उपप्रमुख देबकोटाले जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध अझ प्रगाढ बनाउनका लागि पनि प्रतियोगिताकोे आयोजना गरिएको बताउनु भयो।

उहाँले खेलकुदमा विकास गर्ने उदेश्यले पनि खेलकुदको आयोजना गरेको बताउँदै खेलाडिहरुको प्रोत्साहन हुने विश्वास लिनुभएको छ। खेलकुुद प्रतियोगिता १४ गतेसम्म चल्ने छ। बिजेताहरुलाई  १४ गते दिवसको अबसरमा औपचारिक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिने जनाइएको छ।

यसैबीच कमलमाई नगरपालिकाको २४ औँ स्थापना दिवसको अवसरमा नगर वरीपरी सार्वजनिक स्थानहरू सरसफाई गरिने भएको छ। कमलमाई नगरपालिकाका प्रसासन प्रमुख सागर कुमार ढकालको नेतृत्वमा सरसफाई गरिने नगरपालिकाले जनाइएको छ।