सिन्धुली। कमलमाई नगरपालिका -४, च्याङकोट सिन्धुली स्थिती सिद्धबाबा मन्दिरकी पुजारी देबकुमारी दर्लामिले दश महिना अगााडिदेखि मुद्धा दर्ता गर्न खोजे पनि मुद्धा दर्ता नभएको गुनासो गरेकी छिन्। जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा उक्त मन्दिर  व्यवस्थापन समितिका अध्यक्ष दिलिप थापाले अभद्र व्यबहार गरेको भन्दै उजुरी गरेपनि दश महिना हुँदासम्म मुद्धा दर्ता नगरिदिएको गुनासो गरेकी हुन्।

पुजारी देवकुमारी दर्लामी भन्छीन् “मन्दिरमा पुजारीको रुपमा काम गरेको पारिश्रमिक माग्दा अध्यक्ष थापाले अभद्र व्यबहार गरे” उनले भने मैले अध्यक्ष थापाले अभद्र ब्यबहार गरेको भन्दै गत असार २५ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी गरेँ तर प्रहरि कार्यलयले मिलेर जानुपर्छ भनेर मुद्धा दर्ता गर्न मानेन।" उनले अध्यक्ष थापाले यौनका आसयले जिस्क्याउने, बैमानिका नियतले हातपात गर्ने गरेको, साथै अस्वाभाविक, अमर्यादित व्यबहार गरी मुलुकी अपराध संहिता २०७४ को दफा ११८(१) बिपरित कार्य गरेकाले सोही संहिताको दफा ११८(२) बमोजिम कैद सजाय र जरीबाना गरी पाउँ भनि उजुरी दिएका थिए।

उनले दिएको उजुरीमा अध्यक्ष थापाले उचित पारिश्रमिक दिन्छु भनेर २०५१ सालमा पुजारी राखेको तर हाल सम्ममा पनि पारिश्रमिक नपाएको, मन्दिरबाट उठ्ने भेटि पनि थापाले मनोमानि गर्ने गरेको, विभिन्न सरकारी तथा गैरसरकारी दातृ संस्थाहरूले सहयोग गरेपनि आफुले पारिश्रमिक नपाएको उल्लेख गरिएको छ।

उनले यस विषयमा २०७६ सालको शिवरात्रिमा अध्यक्ष थापासँग कुरा राख्दा रिसाएको उजुरिमा उल्लेख गरिएको छ। साथै २०७७ साल असार २५ गते मन्दिरको दानपेटिका अज्ञात व्यक्तिहरुले फुटाएको जानकारी अध्यक्ष थापालाई फोनबाट जानकारी गराउँदा अपशब्द बोल्दै धम्क्याएको पुजारी दर्लामीले दिएको उजुरिमा उल्लेख गरिएको छ।

उनले उक्त व्यबहार सहन नसकेर अध्यक्ष थापाको घरमा पुग्दा अध्यक्ष थापालगायत उनका छोरा बुहारीले अपशब्द बोल्दै अभद्र व्यबहार देखाएको गुनासो गर्नुभयो। जिल्ला प्रशासन कार्यलय सिन्धुलीले भने गत साउनमै पुजारीको निबेदन र वडा नं ४ को सिफारिसका अनुसार बिगत २६ बर्ष देखि उक्त मन्दिरमा काम गरेकाले पारिश्रमिक उपलब्ध गराउन पत्र मार्फत अनुरोध गरेको थियो। उता जिल्ला प्रहरी कार्यलय सिन्धुलीका डिएसपि मनोज कुमार लामाले आफु सिन्धुली जिल्लामा भर्खरै सरुवा भएर आएकाले यस विषयमा जानकारी नभएको बताउनु भयो।

उजुरी जस्ताको त्यस्तै: