सिन्धुली। भोलिबाट सिन्धुलीमाढीमा शिवरात्रीको अवसरमा म्युजिकल फेस्टिभल सुरु हुने भएको छ। ब्रदर हुड एण्ड इन्टरटेनमेन्ट प्रेजेन्टको आयोजनामा भोलीबाट २९ गते सम्म म्युजिकल फेस्टिभल हुने भएको हो।

भोली औपचारिक कार्यक्रमका बीच तीन दिने महाशिवरात्री म्युजिकल फेस्टिभलको उद्घाटन गरिने ब्रदर हुड एण्ड इन्टरटेनमेन्ट प्रेजेन्टका कोअडिनेटर समिर बिक्रम थापाले जानकारि दिनुभयो। उहाँका अनुसार जिल्लामा सांस्कृतिको जगेर्ना गर्न, भाइचारा कायम गर्न तथा स्थानीय कलाकार तथा राष्ट्रिय कलाकारको सम्मानका लागि साथै स्थानीय उत्पादको प्रचारप्रसारका लागि म्युजिकल फेस्टिभलको आयोजना गरिएको बताउनु भयो।

म्युजिकल फेस्टिभलमा स्थानीय उत्पादनहरुको पनि प्रदर्शन गरिने छ। जसका लागि ५० वटा स्टल रहने आयोजकले जनाएको छ। स्थानीय महिलाहरुले उत्पादन गरेका केराको मम,आलुको मिक्स पकौडा, अचार लगाायत खाद्य तथा स्थानीय सामाग्रीहरुको पनि प्रदर्शन गरिने कोअडिनेटर थापाले बताउनु भयो। म्युजिकल फेस्टिभलको पहिलो दिन भोली गलबन्दि साँझ रहने छ। जसमा राष्ट्रिय कलाकार प्रकाश सपुत,अस्मिता अधिकारी, फ्युजन मन्त्र ब्याण्ड लगायत स्थानीय कलाकारहरुले प्रस्तुति दिने जनाइएको छ। तीन दिनसम्म १५ हजार व्यक्तिहरूले म्युजिकल फेस्टिभलको अवलोकन गर्न लक्ष्य रहेको ब्रदर हुड एण्ड इन्टरटेनमेन्ट प्रेजेन्टले जनाएको छ। प्रवेश शुल्क प्रतिव्यक्ति दुई सय रुपैयाँ रहेको  आयोजकले जनाएको छ।