सिन्धुली। मार्च ८ अर्थात फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवशरमा एक दिने खाना महोत्सवको आयोजना गरिने भएको छ। सौगात लघु उद्यम सहकारिले खाना महोत्सव आयोजना गर्ने निर्णय गरेको हो।

'महिलाको सुरक्षा, सम्मान र रोजगाार, समृद्ध नेपालको आधार' भन्ने मूल नाराको साथ यही फागुन २४ गते १ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ। सौगात लघु उद्यम सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष बिमला थापाका अनुसार खाना महोत्सव कमलमाई नगरपालिकाको अटो पार्कमा गरिने भएको छ। खाना महोत्सवमा १० वटा स्थानीय उत्पपादनका स्टल रहने छ।

खाद्य स्टल दुई वटा रहने छन् जसमा केराको मम, सेलरोटी, फापरको फुलौरा, आलुको मिक्स पकौडा लगाायत अन्य खाद्य उल्पादन रहने छन्। त्यस्तै ढाकाको स्टल, फाइबर, च्याउ तरकारी, बाँसबाट बनाइएको सामाग्रीको, परालको जुत्ता चप्पल, डल, डेरिलगाायतको एक-एक वटा स्टल रहने अध्यक्ष थापाले बताउनु भयो। महिला दिवसको अवशरमा एउटा चारकोठाको बन्द कोठा भित्र कार्यक्रम गर्ने प्रवृत्तिको अन्त्य गर्दै उद्यमशिल महिलाहरूले उत्पादन गरेको प्रदर्शनले राम्रो सन्देश जाने अध्यक्ष थापाले बताउनु भयो। उक्त खाना महोत्सवले अन्य महिलाहरूलाई उद्यमी बन्ने प्रेरणा मिल्ने उहाँले बताउनु भयो।

खाना महोत्सवको लागि कमलामाई नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेको छ। ५० हजारको आर्थिक सहयोगले ५० लाखको काम गरेर देखाउने अध्यक्ष थापाले दाबी गर्नुभएको छ। सौगात लघु उद्यम सहकारी संस्था जिल्लामा २०६४ सालमा स्थापना भएको हो। सधैँभरि श्रीमान्प्रति निर्भर रहनुपर्न भएकाले हेपाहा प्रवृत्ति बढेको भन्दै २५ जना महिला मिलेर २५ हजार जम्मा गरेर उद्यमीहरूले सहकारी सञ्चालन गरेको जनाइएको छ। अहिले सहकारीमा ३ सय ५० जना शेयर सदस्य रहेका छन् ।