काठमाण्डौं– राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आदिवासी महिला र कोभिड–१९ले पारेको प्रभावसम्बन्धी राष्ट्रिय अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
                            
एसिया आदिवासी जनजाति (AIPP)को सहकार्यमा स्थानिय महिला आदिवासीलाई कोभिड–१९ले पारेको प्रभावलाई नयाँ बानेश्वरको अल्फा हाउसमा १ सय ११आँै अन्तर्रराष्ट्रिय महिला दिवसको अवसरमा महासंघ (निफ)ले राष्ट्रिय स्तरमा अन्तर्रक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो । 


उक्त कार्यक्रम राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष्य चिनिमाया माझीको अध्यक्ष्यतामा कार्यक्रमको सुरुवात भएको  थियो । कार्यक्रममा प्रमुख अथितिका रुपमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महत्तो, विशेष  अथितिमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठाका उपाध्यक्ष्य गोकुल घर्तीको उपस्थिति रहेको थियो ।

                                       
यसैगरी अथितिका रुपमा राष्ट्रिय महिला  आयोगका प्रतिनीधि , आदिवासी जनजाति आयोगका प्रतिनीधि, प्रहरी प्रधान कार्यालय बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालबाट प्रहरी नायब उपरिक्षक(डियस्पी) छिरीङ किप्पा लामा, नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह(‘LAHURNIP)का प्रतिनीधि भिम राई, आदिवासी महिला कानुनी सचेतना समूह(INWOLAG)का प्रतिनीधि इन्दिरा, आदिवासी जनजाति अपांग संघ(NIDA)का खडक मगर,(NIDWAN)आदिवासी जनजाति विद्यार्थी महासंघका चन्द्र चौधरी, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष्य अमृत बहादुर सुनुवार,आदिको उपस्थिति रहेको थियो । 

                          
उक्त कार्यक्रमको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सािचव याम कुमारी खतिवडाले नेपाली महिलाको वर्तमान अवस्था र नेपाल सरकारका पहलबारेमा आफ्ना कार्यपत्रको प्रस्तुति दिएकी छन् भने कोभिड–१९ को अवधिमा आदिवासी जनजाति महिलाहरुको अवस्थाको सम्बन्धमा सुशिला कुमारी थापा मगरले आफ्नो कार्यपत्रको प्रस्तुति दिएकी हुन् । त्यसैगरी महिला तथा बालबालिका माथि भएका जघन्य प्रकृतिका अपरध, घरेलु हिंसा, बलत्कार लगायतका विषयमा भए गरेका अनुसन्धान र कारवाहिका बारेमा डियस्पी लामाले कार्यपत्रको प्रस्तुतिकरण गरेकी हुन् । डियस्पी लामाका अन’सार लकडाउनमा अन्य समयमा भन्दा लैंगिक हिंसा कम भएको बताएकी छन् । प्राय घरेलु,लैंगिक,बलात्कार,अपराधिक हिंसाहरु समाजिक सञ्जालबाट पनि बड्ने हुनाले कम र उपयुक्त मात्र हेर्न आग्रह गरेकी  छन्। समग्र प्रस्तुतिकरणमध्ये प्रहरी प्रशासनबाट गरीएको प्रस्तुति पृथक लागेको कार्यक्रमका एक सहभागी, रोशनी मेचेले  जनाइन् ।


कार्यक्रममा कोभिड–१९को महामारीका अवधिमा आदिवासी महिलाहरुलाई परेको र भोगेका समस्याहरुका अनुभव पनि बाँडिएको थियो । कार्यक्रममा लकडाउनमा उचित पिडकहरुले राहत नपाएको र सम्बन्धित निकायबाट जनजातिलाई सहयोग नभएको गुनासो महासंघका अध्यक्ष्य माझीले बताइन् ।