सिन्धुली। जिल्ला खोप समन्वय समन्वय सिन्धुलीको बैठक तथा जिल्ला स्तरिय कोभिड खोपको माइक्रोप्लानिङ गोष्ठि तथा खोप कार्यकर्ताका लागि १ दिने अभिमुखिकरण तालिम आज सिन्धुलीमाढिमा सम्पन्न भएको छ।

सिन्धुली जिल्लामा फागुन २३ गतेबाट जिल्लाका सात स्थानीय तहमा दोस्रो चरणको पहिलो चरण खोप अभियान तथा २४ गतेबाट सुनकोशी र फिक्कलमा सुरु हुने स्वास्थ कार्यक्रय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो। उक्त अभियानको पुर्ब तयारिमा आजको अभिमुखिकरण तालिमको आयोजना गरिएको हो। प्रमुख शाहका अनुसार जिल्लामा ५५ वटा खोप केन्द्र तोकिएको छ।

प्रत्येक स्थानीय तहको प्रत्येक वडाको स्वास्थ्य कार्यलय खोप केन्द्र ताकिएको हो। यसअघिको खोप अभियानमा सिन्धुली अस्पताल मात्र खोप केन्द्र तोकिएको थियो। दोस्रो चरणको पहिलो चरणमा ६५ वर्ष उमेरका वृद्धवृद्धाहरू तथा यसअघिको पहिलो चरणमा खोप अभियानमा छुटेका अग्रपंतिमा खटिने व्यक्तिहरुलाई खोप दिने प्रमुख शाहले जानकारी दिनुभयो। खोप लगााउनका लागि जाँदा तोकिएको लक्षित समूहका व्यक्तिहरूले उमेर खुल्ने प्रमाण, कागजात, परिचयपत्र कार्यलयको प्रमाणित कागजात तथा बिरामी पुर्जा लिएर जानुपर्ने छ।

जिल्लामा १२ हजार ६६ भाएल खोप उपलब्ध रहेको छ। एक भाएलमा १० वटा खोप उपलब्ध हुन्छ। स्वास्थय कार्यलय सिन्धुलीले १९ हजार भन्दा माथिलाई खोप दिने लक्ष्य लिएको छ। ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा अति संवेदनशील हुने भएकाले प्रत्येक पालिकामा एम्बुलेन्स,अक्सिजन लगायतको व्यवस्था गरिने भएको छ।