फाइल तस्विर

सिन्धुली। प्रदेश दुईको प्रत्येक खेतमा पानी पुर्‍याउने प्रधानमन्त्री केपी शर्मा ओलीले  दाबी गरेका छन्।

बिहीवार सुनकोशी मरिण डाईभर्सन बहुउदेश्यीय आयोजनाको शिलान्यास गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई मधेश विरोधी भनिएता पनि प्रदेश नं. २ मा  सुनकोशी नदीको पानी भने छिराउने बताएका छन्।

सुनकोशी मरिण डाईभर्सन शिलान्यासको क्रममा उनले आफुलाई मधेश विरोधी भन्नेहरुलाई गतिलो जवाफ दिएको  बताए।

उनले २०५१ सालबाट एक सय रुपैयाँमा सुरु गरेको वृद्धभत्ता केही समयमा ५ हजार पुर्‍याउने र वृद्धभत्तासँगै अन्य सामाजिक सुरक्षा भत्ताको समेत वृद्धि गर्ने प्रतिबद्धता जाहेर गरेका  छन्।

उनका अनुसार जनताको सरकार भएकाले देश बनाउन केन्द्रित भएको दाबी  गरेका छन् । देशको राजनीतिक अवस्थालाई लिएर प्रचण्ड–माधव पक्षलाई लक्षित गर्दै पिलो निचोरिँदैमा ओजन नघट्ने उनले बताए।

अहिलको कम्युनिस्ट आन्दोलनले देश समृद्ध बनाउनेतर्फ केन्द्रित भएको उनको भनाई छ।