मंसिर ११, रामेछाप ।
रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) बिजय भएका छन् । तामाङले ४७ हजार ९८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार कैलाश ढुंगेलले ३० हजार ७ सय २९ मत पाएका छन् ।

निर्वाचन सम्पन भएको ६ दिनपछि आज बिहान सम्पन्न मतगणना अनुसार कान्छाराम विजयी भएका हुन् । गठबन्धनका साझा उमेदवार समेत रहेका तामाङ १६ हजार ३ सय ६९ मतको फराकिलो मतान्तर सहित निर्वाचित भएका छन ।