सिन्धुली। विभिन्न कसुरमा पक्राउ गरिएको १२ जना अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यलय सिन्धुलीले सार्वजनिक गरेको छ। आज पत्रकार सम्मेलन गरेर अभियुक्तहरूलाई सार्वजनिक गरिएको हो।

लागू औषध, हातहतियार र जबरजस्ती करणीसम्बन्धी घटनाका १२ जना अभियुक्तहरूलाई पक्राउ गरी छानविन थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख आभुषण तिमल्सिनाले बताउनु भयो। तिमल्सिनाका सिन्धुलीका अनुसार लागू औषधसम्बन्धी दुईवटा, हातहतियारसम्बन्धी एउटा र जबरजस्ती करणीसम्बन्धी दुईवटा मुद्दा अघि बढाएको जनाएको छ।

गत माघ २० गते कमलामाई नगरपालिका वडा नं. ९ बाट ज ३ प २०४५ नं. को मोटरसाईकलबाट लागूपदार्थ नाइट्राभेट २९ पत्ता सहित महोत्तरी जिला रामगोपाल वडा नं. ४ बस्ने रामवली महतोलाई पक्राउ गरी गरिएको थियो। अभियुत्तलाई सिन्धुली जिल्ला अदालतमा लागू औषध सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थप अनुमित लिई अनुसन्धान गरिरहेको जनाएको छ। उक्त घटनामा फरार रहेका दोषीहरू महोत्तरी जिल्ला बर्दिबास २ बस्ते साजन वि. क., सर्लाही जिल्ला लालबन्दी नगरपालिका ४ बस्ने उत्तम सुनचौरी र धनुषा जिल्ला मथिला नगरपालिका ७ बस्नते पुजन रसाईलीलाई प्रहरी पक्राउ गरिएको प्रमुख तिमल्सिनाले जानकारी दिनुभयो।

त्यस्तै प्रहरीले फागुन ७ गते सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाँखर्कबाट काठमाडौं जिल्ला कामनपा ३२ कोटेश्वर बस्ने विकाश रायमाझीलाई लागू औषध KLAB 100MLको ३० बोतल, DIALEX-DC100ml ३० बोतल, NITRABET ९ पत्ता (१३३ ट्याबलेट), Nit40sun-10 १० ट्याबलेट, NITZACARE १५ ट्याबलेट सहित उक्त लागू औषध ओसार्न प्रयोग गरेको बागमती प्रदेश ०२-२ प ८१३१ नम्बरको मोटरसाईकल बरामद गरेको छ।

मरिण गाउँपालिका वडा नं ६ प्रतिटोलको जंगलबाट प्रहरीले फागुन ९ गते लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल बरामद गरेको छ। उक्त घटनामा सिन्धुली जिल्ला मरिण गाउँपालिका वडा नं. ६ बस्ने साङ्गे तामाङ भन्ने साँगे दोङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको तिमल्सिनाले जनाउनु भयो।

त्यस्तै जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणी सम्बन्धी दुई वटा मुद्दामा अनुसन्धान भई रहेको जनाएको छ। जिल्लाको हरिहरपुर गाउँपालिका ८ क्यानेरवर बगरबाट जबरजस्ती करणी गरेको आरोपमा मरिण गाउँपालिका वडा नं. ३ बस्ने अविनाश घिसिङ भन्ने अमन लो र सर्लाही जिल्ला लालबन्दी नगरपालिका ७ बस्ने २२ वर्षिया राज पाख्रीन लाई फागुन १५ गते बौद्धबाट पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको हो। साथै, गत १५ गते सिन्धुली दुधौलि ३ कालापानिका बैबाहिक बलात्कारमा १ जना अभियुक्त पक्राउ परेका छन्।