सिन्धुली। सिन्धुलीको पिक्कल गाउँपालिका वडा नं. ६ स्थित माध्यमिक विद्यालयको सालुकेमा १४ कोठे भवन सिलान्यास भएको छ। एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा बन्ने भवन सिलान्यास भएको हो।

सोमबार गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्की र उपाध्यक्ष पार्वती सुनुवारले संयुक्त रुपमा मा.वि. सालुकेमा निर्माण हुने १४ कोठे भवनको सिलान्यास गर्नु भएको छ। एसियाली विकास वैङ्कको आर्थिक सहयोग तथा नेपालसरकारकाे पुननिर्माण याेजना अनुसार ६ करोड २७ लाख १४ हजार २ सय ३४ रपैयाँ ९० पैसा लागतमा उक्त भवन निर्माण हुन लागेको हो।

भवन सिलान्यास कार्यक्रममा फिक्कल गाउँपालिका अध्यक्ष धन बहादुर कार्की र उपाध्यक्ष श्री पार्वती सुनुवार, एडिबीका ईन्जिनियर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक लगायतको सहभागिता रहेको थियो ।