साङ्केतिक तस्विर

सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिका वडा नं -६ मा  जंगली हात्तीको आक्रमणबाट ४ वटा घरमा क्षति पुगेको छ। आज बिहान जित बहादुर माझिको घरमा जंगली हात्तिले आक्रमण गरेको छ।

जंगली हात्तीको आक्रमणबाट काठ, बाँस र टालिको छानो भएको  २ तले माझिको घर भत्काएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ। प्रहरीका अनुसार उक्त घरमा पूर्ण रुपमा क्षति पुगेको छ।  घर भित्र रहेको लत्ताकपडा, भाडाँ वर्तन, अन्नपात लगाायत बिधुतिय सामाग्रीमा नष्ट हुँदा पाँच लाख बराबरको क्षति भएको छ।

त्यस्तै उक्त स्थानकै दिर्गा बहादुर बुढाथोकीको काठ, बाँस र टालिको छानोे रहेको २ तले घरमा पनि जंगली हात्तीले क्षति पुर्‍याएको छ। बुढाथोकिको घरमा हात्तिले क्षति पर्‍याउँदा घरभित्र रहेको सामानान नष्ट हुँदा १ लाख २० हजार बराबरको नोक्सान भएको प्रहरीले जनाएको छ।

त्यस्तै उक्त स्थानकै रुद्र बहादुर कार्कीको घरमा पनि जंगली हात्तीले क्षति पुर्‍याएको छ। कार्कीको घर भत्काइ दिँदा घरभित्र रहेका सामाग्री नष्ट हुँदा ४० हजार बराबरको नोक्सान भएको जनाइएको छ।

साथै दुधौलि नगरपालिका ६ कै राम प्रसाद बरालको २ तले कच्ची घरमा पनि जंगली हात्तिले क्षति पुर्‍याएको छ। घरमा सामान्य क्षति भएको जनाइएको छ। घर भित्र रहेको सामाग्री अन्नपात, लत्ताकपाड जस्ता सामानमा क्षति पुग्दा १ लाख ४० हजार बराबरको क्षति भएको जिल्ला प्रहरि कार्यलय सिन्धुलीले जनाएको छ। प्रहरी कार्यलयबाट सुचना पाउनासाथ घटना स्थलमा पुग्दा हात्ती जंगल पसिसकेको थियो।