काठमाडौँ । मोडल सुक्मित घिसिङ अभिनित ‘डम्फु त मेरो’ म्युजिक भिडियो बजारमा आएको छ । गायिका रेश्मा बोम्जनको अफिसियल युटुब च्यानलबाट उक्त गीत बजारमा ल्याएको हो । चन्द्र कुमार दोङको शब्द र संगीत रहेको उक्त गीतमा मार्मिक लामा र गाय्का रेश्मा बोम्जनको आवाज रहेको छ ।

नोर्बु शेर्पाको संगीत संयोजनमा तयार भएको उक्त गीतलाई सरगम स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोमा मोडल सुक्मित घिसिङ, भिमफेदी गाइज, आभा थापाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । निर्मल कुमार लामाको निर्देशनमा निर्मित उक्त म्युजिक भिडियोमा पवन सुस्लिङको छायांकन, सम्पादन रहेको छ ।

मोडल सुक्मित घिसिङले बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०७८ मा फिल्म हेर्न जाउँ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड पाइसकेकी छिन् । काठमाडौँ जन्मथलो भएकी सुक्मितले देश विदेशको यात्रासमेत गरिसकेकी छिन । विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी मोडलसुक्मितको बच्चा देखिकै चाहना भनेको मोडल तथा कलाकार बन्नु थियो । 

‘डम्फु त मेरो’ म्युजिक भिडियो

https://youtu.be/9VsQOWydHLY