काठमाडौं। चर्चित लोक दोहोरी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका प्रवक्ता समाजसेवी कुमार कार्की र चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियारद्धारा स्वरमा तिज गित “न मेरो घरवार भो न मेरो दरवार भो” युट्युब मार्फत सार्वजनिक भएको छ।

नेपाली नारीहरुको मुख्यपर्व हरितालिका तिज पर्ब नजिकिँदै गर्दा त्यसकै अवसर पारेर तीज सम्बन्धि गीत “न मेरो घरवार भो न मेरो दरवार भो” बजारमा आएको हो। नेत्र अर्यालले रचना गरेको गित “न मेरो घरवार भो न मेरो दरवार भो” मा कुमार कार्की र शान्ति श्री परियारद्धारा स्वर रहेको र अहिले बजारमा चर्चामा रहेको छ।

गीतको अभिनयमा अनिता बस्नेत, नायक बिक्रान्त बस्नेत,कुशल बिष्ट, सविना आचार्य लगायत कलाकारहरुले उत्कृष्ट अभिनय गरेर रंग भरेका छन् । भने  प्रीज्मा रेकर्डडिङ स्टुडियोमा रेकर्ड गरिएको र कृष्ण विकले ऐरेन्ज गरी बनाइएको गीतलाई, मिक्सिङ श्याम रसाइलीले गरेका छन् ।