रोङ, इलाम। १४ औं राष्ट्रपति रनिङ शिल्ड स्थानीय तह अन्तर विद्यालय छनोट खेल रोङ गाउँपालिकामा सम्पन्न भएको छ ।

रोङ गाउँपालिका इलामको आयोजनामा सञ्चालन भएको खेल रोङ ३ स्थित शान्ति निकेतन माध्यमिक विद्यालयको खेलमैदानमा भएको थियो । शान्ति निकेतन मा वि को संयोजनमा भएको खेलको सभापति शान्ति निकेतन मा विका वि.व्य.स. अध्यक्ष दौलथकुमार राईले गर्नुभएको थियो भने गाउँपालिकाको अध्यक्ष मनिकुमार स्याङ्बोको प्रमुख आतिथ्य, उपाध्यक्ष बिष्णुमाया खवास विशेष अतिथि,वडा नम्बर ३का वडाध्यक्ष मात्रिका बराल,शिक्षा युवा तथा खेलकुद शाखा रोङका प्रमुख श्रुतिकुमारी तामाङ, विभिन्न खेलका खेलकुद प्रशिक्षक,विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतका अतिथि रहेको खेल जेठ २७ र २८ गते सञ्चालन भएको हो ।

खेलमा रोङका विभिन्न ९ वटा माध्यमिक विद्यालयहरूले सहभागी जनाएका थिए । खेलमा १२ स्वर्ण ५ रजत र २ काँस्य पदकसहित शान्ति निकेतन मा वि रोङ ३ प्रथम , ८ स्वर्ण २ रजत ४ काँस्य पदकसहित शशि मा वि रोङ २ द्वितीय र ३ स्वर्ण ७ रजत ५ काँस्य पदकसहित उमामहेश्वर मा वि रोङ ५ तृतीय स्थान ओगट्न सफल भएको छ । त्यसैगरी मोतीराम मा वि रोङ ६ ले २ स्वर्ण ४ रजत २ काँस्य प्राप्त गरे , सरस्वती मा वि रोङ ६ ले १ स्वर्ण ४ रजत ३ काँस्य पदक,शान्तिपुर मा वि रोङ १ ले १ स्वर्ण ३ रजत ४ काँस्य पदक , सरस्वती मा वि रोङ ४ ले १ स्वर्ण २ रजत ५ काँस्य पदक, बहुबन मा वि रोङ ५ ले १ स्वर्ण १ रजत ३ काँस्य पदक र कुवापानी मा वि ले १ स्वर्ण २ रजत १ काँस्य पदक प्राप्त गरेका छन् ।