आदिबासी जनजाति महिलाहरुको भूमि अधिकारबारे कार्टुन चलचित्र निर्माण भएको छ । राष्ट्रिय आदिबासी जनजाति महिला महासंघले आदिबासी जनजाति महिलाहरूलाई आफ्नो अधिकार बारे बुझ्न सजिलो होस् भन्ने उदेश्यले उक्त चलचित्र निर्माण गरेको हो ।

बिशेष गरी राष्ट्रिय निकुञ्ज वरिपरी बसोबास गर्ने आदिबासी जनजाति महिलाहरूलाई राज्य पक्ष बाट विभिन्न बहाना शोषण भर्ईरहेको र जिविकोपार्जनमा समेत कठिनाई भईरहेको हुँदा राज्य पक्षसँग आफ्नो अधिकारको बारेमा प्रष्टसँग कुरा राख्न सकुन, आफ्नो अधिकार प्रयोग गर्न सकुन भनेर कार्टुन चलचित्र निर्माण गरिएको राष्ट्रिय आदिबासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझीले बताउनु भयो ।

चलचित्रमा आदिबासी जनजाति महिलाहरुको भूमि अधिकारबारे अन्तर्राष्ट्रिय कानूनमा के कस्ता प्रबधानहरू छन् भन्ने बिषय देखाउन खोजिएको छ । बिशेष गरी चलचित्रमा नेपाल सरकारले पक्ष राष्ट्र भई अनुमोदन गरेको अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९, आदिबासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा पत्रको चर्चा गरिएको छ । अन्तर्राष्ट्रिय आदिबासी महिला मञ्चको आर्थिक सहयोगमा निर्मित “आदिबासी महिलाहरुको भूमि अधिकार” नामक कार्टुन चलचित्रको निर्देशन अमृत सुनुवारले गरेको हुन् ।