काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैंयाको दरले मूल्य वृद्धि गरेको हो ।
पेट्रोलको मूल्य १ सय १० रुपैंया पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९३ रुपैंया कायम भएको छ । बढेको मूल्य सोमबार १२ बजे रातिबाट लागु भएको छ ।
निगमले एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

