काठमाडौं ।भारतीय आयाल कर्पोरेसन (आइओसी) ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

नेपाल आयाल निगमका अनुसार पछिल्लोपटक अप्रिल १ मा आइओसी पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँले, मट्टितेलमा २२ रुपैयाँ १९ पैसाले र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसाले बढेर आएको छ भने  पेट्रोलमा १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासमा अधिकतम २७३ रुपैयाँ ३८ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ । पछिल्लो पटक पेट्रोलको मूल्य केही घटेर आएपनि डिजेल, मट्टितेल तथा हवाई इन्धन र एलपी ग्यासको मूल्य थप बढेर आएकाले निगमको पाक्षिक (१५ दिन) को घाटा ५ अर्ब २१ करोड रहने निगमले जनाएको छ । यस्तो घाटा पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ ७ पैसा, डिजेलमा ३२ रुपैयाँ १७ पैसा, मट्टितेलमा १ रुपैयाँ ९९ पैसा, हवाई इन्धनमा १२ रुपैयाँ ८४ पैसा (आन्तरिक), ६१ रुपैयाँ ७३ पैसा (बाह्य) र एलपी ग्यासमा प्रतिसिलिण्डर ९५३ रुपैयाँ ६६ पैसा घाटा रहेको निगमले जनाएको छ ।