काठमाण्डौ। अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले पछिल्लो समय रूस-युक्रेन युद्धका कारण मुलुकको अर्थतन्त्रमा चुनौती देखिएको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको बृहत् आर्थिक बहस कार्यक्रममा बोल्दै अर्थ सचिव मरासिनीले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय रूस-युक्रेन द्वन्द्वको कारण पेट्रोलिय पदार्थ, खाद्यान्नलगायतका वस्तु आयातमा देखिको समस्याको कारण नेपालको अर्थतन्त्रमा ठूलो चुनौती थपिएको स्पष्ट पारे । सचिव मरासिनीले बाहिरी कारणले मुलुकको अर्थतन्त्रमा चुनौती थपिएकाले मुलुकभित्र नै उत्पादन, रोजगारी विकास गर्नुपर्ने देखिएको बताए ।

अर्थतन्त्रमा परेको दबाबलाई लिएर अर्थ मन्त्रालय अत्यन्तै चिन्तित रहेको उनले बताए । सचिव मरासिनीले सकेसम्म सरकार अर्थतन्त्रलाई संकटमा पर्न नदिने कुरामा समेत भएर काम गरिरहेको दाबी गरे ।

'युद्धको कारणले खाद्यान्न लगायतका वस्तु आयातको समस्योले थप चुनौती बढ्दै गएको छ । विद्युत् अभाव भएर विद्युतको मूल्य वृद्धि बढेको कारण हामीलाई एकदमै प्रेसरमा राखेको छ,' उनले भने, 'देशभित्र नै उत्पादन नबढाइ, रोजगारीको सिर्जना नगरी नहुने रहेछ भन्ने कुरा अहिले देखिएको छ । धेरै देशले त्यही खालको नीति बनाएका छन् ।'