काठमाण्डौं । रामेछापको सुकाजोरमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ ।

रामेछाप नगरपालिका वडा नं. ७ रजयछापकाबिनोद श्रेष्ठको घरमा अचानक करेन्ट सट भई आगोलागि हुदा उक्त घर सहित नजिकका घर तथा गोठहरु जलेर नष्ट भएको हो । आगलागीलाई नियन्त्रण गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगलागिबाट बिनोद श्रेष्ठको ढुङ्गा माटोले बनेको खरले छाएको १ तल्ले कच्ची घर र गोठ जली नष्ट भएको छ ।

सोहि आगोलागिले हिमलाल श्रेष्ठ, एकलाल श्रेष्ठ , दलबहादुर मगर, धन बहादुर श्रेष्ठको, तेज बहादुर श्रेष्ठ, चिरन्जिबि श्रेष्ठ, ठेग बहादुर मगर, ईश्वरलाल श्रेष्ठ, धन बहादुर मगर र शंकर श्रेष्ठ को घर सहित गोठ पूर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालाय रामेछापले जनाएको छ ।

आगोलागिको खबर प्राप्त हुनासाथ प्रहरीको १७ जनाको टोलि, नेपाल आर्मिको नयाँ गोरख गण बाट सेनानिको कमाण्डमा २२ जनाको टोलि र सशस्त्र प्रहरी बलनेपाल आश्रित गुल्म रामेछाप बाट १५ जनाको टोलि खटि आगो नियन्त्रण गर्ने कार्य भईरहेको छ । आगलागिबाट हालसम्म मानबिय क्षति नभएको प्रहरीले जनाएको छ । घटनाको क्षतिको बिबरण आउन बाँकी छ ।