काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी व्यापार घाटा घटाउने नीति र कार्यक्रमअघि बढाउन निर्देशन दिनु भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउने कार्यक्रम बनाउन निर्देशन दिनु भएको हो । अर्थतन्त्रलाई आत्मनिर्भर हुनेगरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउनेगरी अघि बढ्न उहाँको निर्देशन छ ।
उहाँले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेगरी मन्त्रालय र सरकारका कार्यलयहरुले नीति तय गर्न पनि निर्देशन दिनुभयो । प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउने पर्ने भन्दै विद्युतीय सवारी साधान, विद्युतीय चुलो लगायतको प्रयाग बढाउन पनि आग्रह गर्नुभयो ।

