दानियल सुनुवार, रामेछाप। रामेछापको रस्नालु स्थित गोकुलगंगा अस्पतालमा काठमाडौं मेडिकल कलेज (केएमसी) को प्राविधिक सहयोग तथा गोकुलगंगा अस्पतालको संयुक्त आयोजनामा दुईदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। चैत्र ७ गते सुरु भएको शिविर ८ गते १२ बजे सम्म रहनेछ ।

शिविरमा जनरल मेडिकल, सल्यक्रिया, नाककान घाटी, प्रशुती, स्त्रीरोग, हाड जोर्नी तथा नसा, आँखा रोग, बाल रोग, छाला रोग, दन्त रोग, ईसिजी,ल्याब टेस्ट तथा भिडीयो एक्सरे सेवा प्रदान गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार पहिलो दिनमा ७ गते २०७ जनाले शिविरमा निशुल्क उपचार सेवा पाएका छन् । काठमाडौ मेडिकल कलेजबाट सेवा प्रदान गर्न आएका मेडिकल टिमका अनुसार जटिल रोगको सर्जरी तथा निवारणको लागी तत्काल काठमाडौंमा उपचार शुल्क पचास प्रतिशत छुट गरिने र  अन्य रोगको लागी एक वर्षसम्म यही टिकट लिएर गएमा २५ प्रतिशत छुट गरिने जानकारी पनि दिएका छन् । 
बेताली निवासी प्रकाश कार्की र रस्नालु भगवान कार्की  शिविरका ब्यवस्थापन तथा सहजकर्ता रहेका छन् ।