काठमाण्डौं । नेपालमा पछिल्लो समय एटीएम मेसिनको संख्या बढ्दै गए पनि त्यस बाट पैसा निकाल्ने क्रम भने घट्दै गएको छ ।
विद्युतीय भुक्तानी वालेट, मोबाइल बैकिङ, कनेक्ट आईपीएस आदिमा मानिसहरू अभ्यस्त हुन थालेपछि एटीएमबाट पैसा निकाल्ने क्रम घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार गत पुसको तुलनामा माघमा १४ वटाले बढेर कुल एटीएम संख्या ४ हजार ४ सय ३१ पुगेको छ । एक महिनाको अवधिमा एटीएम संख्या बढे पनि उक्त अवधिमा एटीएममार्फतको कारोबार संख्या र कारोबार रकम दुबै घटेको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार गत माघमा मात्र एटीएममार्फत ७५ लाख ४८ हजार ३ सय २९ वटा कारोबार भएका छन् ।

गत पुसमा यस्तो कारोबार ८४ लाख ५८ हजार ९ सय ४४ थियो । यस्तै, गत माघसम्म मानिसहरूले एटीएममार्फत ६२ अर्ब ४५ करोड रुपैयाँ झिकेका छन् । गत पुससम्म एटीएममार्फत ६९ अर्ब २९ करोड रुपैयाँ झिकेका थिए ।००००