काठमाण्डौ । नेपाल वायुसेवा संचालक संघले भोलीदेखि लागु हुनेगरि आन्तरिक उडानको भाडादर वृद्धि गरेको छ ।
एयरलाइन्सहरुले आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयादेखि बढीमा ५४० रुपैयासम्म बृद्धि गरेका छन । बढेको भाडाअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटमा ५ सय ४० रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले बढेको छ ।
यस्तै, अन्य उडान गन्तव्यहरुमा काठमाण्डौ–धनगढीको ४ सय ४५ रुपैयाँ, काठमाण्डौ–भद्रपुर ३ सय, काठमाण्डौ–सुर्खेत ३ सय ४५ र काठमाण्डौ–नेपालगञ्जको ३ सय ३० रुपैयाँले भाडा बढेको छ । नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् । निगमले हवाइ इन्धनको मुल्य प्रतिलिटर १० रुपैया बढाएर १३६ रुपैया पु¥याएको छ ।०००००
कहाँ कति पुग्यो भाडा ? तालिका हेर्नुहोस्


