काठमाण्डौं– राष्ट्रिय जनजाति महिला महासंघले होटेल मसर््याङदीमा परियोजना व्यवस्थापन र श्रोत परिचालन तालिम  कार्यक्रम सम्पन्न गरेको छ ।


देशका विभिन्न भागमा बसोबास गर्दै आएका स्थानिय आदिवासीहरुलाई यूरोपियन कमिशन(इयू)को सहकार्यमा भूमि अतिक्रमणले पारेको प्रभावलाई निकासमा सहयोग पु¥याउन ठमेलको होटेल मसर््याङदीमा परियोजना व्यवस्थापन र श्रोत परिचालन तालिम कार्यक्रम महासंघले विहिबार सम्पन्न गरेको हो ।

                                      


२०७७ पौष ८ गतेदेखि ९ गतेसम्म भएको  उक्त कार्यक्रममा प्रशिक्षकका रुपमा नन्द कन्दङवा रहेको आयोजकले जनाएको छ ।


आदिवासीहरुलाई प्रतिरक्षक बन्दै स्थानीय परियोजना कसरी व्यवस्थापन गर्ने र श्रोतलाई पहिचान गर्दै कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा जोड दिइएको महासंघका उपाध्यक्ष छिन छिप्पा लोमीले बताएकी छन् । 

                                                            
आयोजकका अनुसार प्रशिक्षणमा स्वअनुशासनलाई दृढताका साथ आत्मासात गर्दै श्रोतको पहिचान गरी व्यवस्थापन जस्ता विषयहरु तालिममा छलफल गरेको र सहभागीहरु चितवन, नवलपुरमा,  उदयपुर, संखुवासभामा, सुनसरी र सिन्धुपाल्चोक जिल्लाहरुबाट माझी, थारु, बोटे, हेल्मो, मगर, तामाङ, राई, गुरुङ आदिको उपस्थिति रहेको थियो । 


महासंघले पाँच कार्यक्षेत्रबाट जातिय संस्थालाई सचेत र जिम्मेवार नागरिक बन्न साथै जनजातिको अधिकार हनन् हुन नदिन र पहल गर्न प्रतिनिधि संयोजक चुनेको छ । उक्त कार्यक्रममा सहभागीहरुको सामूहिक अन्र्तरक्रिया अभ्यास र प्रस्तुतिकरण रहेको थियो । धनकुटाबाट संजिब कुमारी राई,सुनसरीबाट समीक्षा राई, उदयपुरबाट  शोभा राना,चितवनबाट प्रदिप बोटे, नवलपुरबाट नर बहादुर थारु, सिन्धुपाल्चोकबाट पूर्ण माझी र संखुवासभाबाट कुमार गरुङ छानिएको आयोजकले जनाएको छ । 
कार्यक्रममा सबै आदिवासी एकताका साथ अगाडि बढेमा तालिमको उचित कदर हुने महासंघका सचिव नानु थामीले बताएकी छन् । 


कार्यक्रमलाई महासंघका अध्यक्ष चिनी माया माझीले तालिमबाट प्रतिरक्षक, क्ष्ीइ र ग्ल्म्च्क्ष्ए सम्बन्धी जानकारी भएको र आगामी दिनमा स्थानिय स्रोतको रक्षा गर्न सकिने बताउदै सम्पूर्णलाई धन्यवाद दिँदै समापन गरेको आयोजकले जनाएको छ ।