काठमाडौं । कुमारी बाँठा मगर उर्फ(मनु)को पिडाको पोखरी सार्वजनिक भएको छ ।

                                         

 
कोभिड–१९को महामारीमा विश्व स्वास्थ्य संघको प्रोटोकलअनुरुप टोखा न.पा.को स्न्याक्स पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि तथा साहित्यकार श्रवण मुकारुङ्गको प्रमूख आथित्यमा समाजमा भएका घटनाहरुलाई यर्थाथ चित्रण गर्दै साङ्गितिक माहोलमा मगरले मङगलबार लोकार्पण गरेकी हुन् । 

                                                                        


समाजमा भएका घटनाहरुको यर्थाथ  चित्रण यस कृतिमा पाइने लेखिका मनुले बताएकी छन् । समाजमा विभिन्न समस्याले जिवनयापनमा उतारचढाब बनाए पनिकृति पढीसकेपछि सहासिलो र बलियो बन्न सहयोग पुर्‍याउने उनको भनाई छ ।  उक्त कृतिको प्रकाशक सहयात्री दर्पण नेपाल रहेको छ । पुस्तकलाई सहयात्री दर्पण नेपालका अध्यक्ष गोबिन्द कँडेल आँसुद्वारा सम्पादन गरीएको छ । 


उक्त लोकार्पण कार्यक्रममा रहेका सभापति बहुचर्चित जनवादि गायक प्रदिप देवान, प्रमूख अथितिमा वरिष्ठ कवि तथा साहित्यकार श्रवण मुकारुङ्ग, विशेष अतिथिमा संगितकार निम संगित र संजोग लाफा मगर, अतिथिहरुमा छोरीका लागि छोरीका संस्थापक एवम् यदु संघका कार्यालय प्रमूख श्याम थापा, गान्धी तुलसी महिला आश्रमको वार्डेन विद्या गुरुङ, राष्ट्रिय तामाङ घेदुङ संघका केन्द्रिय जिवि ब्लोन, पूर्व सभासद सकुन्तला  ल्याप्चा, कवि दुर्लभ जेठामान जस्ता व्यक्तित्व र लेखिका कुमारी बाँठा मगर उर्फ(मनु)को संयुक्त रुपमा ‘पिडाको पोखरी’को विमोचन गरीएको छ ।

                       


आयोजकका अनुसार लोक तथा दोहरी गायिका जमुना राई, नेपाल मगर बौद्ध सेवा समाजका प्रमूख, नेपाल मगर युवा संघका केन्द्रिय कोष अध्यक्ष भूपेन्द्र बुढा मगर, समाजसेवी सृजल राइ, उद्यमी तथा युवा समाजसेवी गणेश खतिवडा, श्याम गजुरेल, मोहन प्रसाद भट्टराई, गोपाल काजी थापा, प्रभा थापा, गीतकार सुरेश घपाङ, गोमा राई, लक्ष्मी खड्का एवम् विभिन्न मान्यजन तथा सञ्चारकर्मीहरुको कार्यक्रममा उपस्थिति रहेको छ । 


उक्त कार्यक्रममा पुस्तकको टिप्पणी गणेश क्षेत्रीद्वारा गरीएको र डायमन्ड कला केन्द्रबाट नृत्य प्रदर्शन गरी कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको आयोजकले जनाएको छ ।