१३ फागुन, इलाम । इलामको रोङ गाउँपालिका वडा नम्बर ५ मुर्चुङ्गेमा मेगा बैंक नेपाल रोङ शाखा हर्कटेको शाखारहित सेवा आजबाट सुरु भएको छ ।
रोङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष युवराज खाप्तुवा राईको प्रमुख अतिथ्यतामा उक्त सेवाको सुरुवात गरेको हो । मेगा बैंक हर्कटे शाखाको प्रबन्धक प्रकाश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा रोङ ५ का वडा सचिव सन्ध्या राई, इरौँटार प्रहरी चौकी प्रमुख ध्रुव राजवंशी,वडा सदस्यहरू उर्मिला गहतराज,तीर्थराज ढुङ्गेल लगायत ५० भन्दा बढीको सहभागितामा शाखारहित सेवा सुरु गरेको मेगा बैंकका कर्मचारी दिनेश राईले जानकारी दिए । उक्त सेवाको व्यावसायिक प्रतिनिधि कमलबहादुर राई रहेको पनि राईले बताएका छन् ।कार्यक्रममा शाखारहित बैंकिङ सेवाबारे जानकारी प्रबन्धक प्रकाश भट्टराईले दिएको थियो भने यसबाट रोङ ५ का बासिन्दालाई धेरै टेवा पुगेको वडाध्यक्ष युवराज खाप्तुवा राईले बताए ।
सो सेवा अन्तर्गत बैंकको खाता खोल्ने,पैसा राख्ने, पैसा निकाल्ने, लघु कारोबार सञ्चालन हुने छन् ।यो सेवाले बैंक गइरहनु पर्ने झन्झन हटेको स्थानीयवासीको भनाइ छ ।