काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले स्थानिय तहको निर्वाचनमा ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताउनु भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताउनु भएको हो । अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन भईरहेकोले स्रोत व्यवस्थापनमा चुनौती रहेको उहाँको भनाई थियो ।
सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ । निर्वाचनका लागि निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ । त्यसबाहेक सुरक्षा व्यवस्थापनमा ठूलो खर्च लाग्ने गर्दछ । खर्च कति हुन्छ भन्नेबारे सरकारले सुरक्षा निकायसँग छलफल गरिरहेको मन्त्री शर्माले बताउनुभयो ।००००

