काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउने योजना बनाएको छ ।
केन्द्रीय बैंकले शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि सम्बन्धी व्यवस्थालाई व्यवस्थित बनाउन निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवा, बैंक तथा वित्तीय संस्था र ग्राहकबीचको सम्झौता, आधिकारिक व्यवसायिक प्रतिनिधिसँगको सम्झौता, प्रतिनिधि छनौट सम्बन्धी, तेस्रो पक्ष सेवा प्रदायकको, शाखारहित बैंकिङ सेवा बन्द गर्न राष्ट्र बैंकको स्वीकृत लिनुपर्ने, बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवा प्रदायक संस्थाको आधिकारिक प्रतिनिधिसम्बन्धी व्यवस्था तथा खारेजी र बचाउको विषयमा निर्देशन दिएको हो ।
केन्द्रीय बैंकका अुनसार शाखारहित बैंकिङ कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले कम्तिमा सम्झौतामा सजिलै बुझिने गरी स्पष्ट र दोहोरो अर्थ नलाग्ने गरी नेपाली भाषामा लेख्नुपर्ने छ ।

